पुष ७,
हालै मात्र हप्ताको ६९ घण्टा र दैनिक दश घण्टा लोडसेडिङको मार खेप्दै आएका जनताले आगामी माघ देखि बिजुलीको महसुल पनि बढी तिर्नु पर्ने भएको छ । सिंहदरवारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराईको सहमति कार्यान्वयन भए आगामी महिनादेखि बिजुली महसुल अहिलेभन्दा २० प्रतिशत बढी तिर्नुपर्ने छ । आगामी महिना माघ १ गतेदेखि बिजुलीको महसुल २० प्रतिशत वृद्धि गर्न सैद्धान्तिक सहमति दिनुभएको हो । प्रधानमन्त्रीले सहमतिपछि माघ १ गतेदेखि विद्युत् महसुल २० प्रतिशत बढ्ने विद्युत् महसुल निर्धारण आयोगका अध्यक्ष गणेशप्रसाद सुब्बाले जानकारी दिनुभयो ।
Comments