Skip to main content

मेलमिलाप र सहमतिको विकल्प छैन कोइराला

पुष १०, सिन्धुली 
नेपाली कांग्रेसका केन्द्रिय सभापति शुसिल कोईरालाले सबै दलहरुले मेलमिलाप र हातेमालो गरी सहमतिमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको वताएका छन् । नेपाल शिक्षक संघको मध्यमान्चल क्षेत्रिय भेलाको शनिवार सिन्धुलीमा उद्घाटन गर्दै कोइरालाले यस्तो वताएका हुन् । भेलालाई सम्वोधन गर्दै सभापति कोइरालाले इमान्दारिता वोलिमा मात्र हैन व्यवहारमा पनि हुनुपर्ने वताएका छन् । आफ्नो पार्टी निरास नहुने बताउँदै जसले गल्ति गर्छ उहि निरास हुने जिकिर समेत गरे । नेकपा माओबादीको आफ्नै नेतृत्वको सरकार हुँदा पनि उनिहरु किन हतियार बुझाउँदैनन् उनले प्रश्न गरे । 

माओवादीले अझै पनि विश्वासिलो काम नगरेको आरोप लगाउँदै कोइरालाले अझै पनि जनतालाई धम्क्याउने काम माओवादीले वन्द नगरेको दावी गरे । शान्ति प्रक्रिया छिटै टुंग्याएर जनतालाई नयाँ संबिधान दिनु सरकारको प्रमुख दायीत्व भएतापनि त्यसका निम्ति अहिलेको सरकार कटिबद्ध नभएको उनको आरोप थियो । हिमाल पहाड र तराईका जनतालाई एकै ठाँउमा कसरी समायोजन गर्न सकिन्छ, त्यस तर्फ लाग्नु जरुरी भएको  कोइरालाको धारणा छ । नेपाल शिक्षक संघका क्षेत्रिय संयोजक राजेश पाण्डेको अध्यक्षता तथा नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष मोहन ज्ञवालीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा आनन्द ढुंगाना, रामचन्द्र तिवारी, केशव प्रसाद भट्टराई लगायत सिन्धुली जिल्ला सभापति मोहन बराल, कांग्रेस नेता उज्वल बराल, प्रमुख जिल्ला अधिकारी बेणी माधब ज्ञवाली लगायतले भेलालाई सम्वोधन गरेका थिए ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।