Skip to main content

तीन महिने कोर्सलाई +२ सरह मान्यता

पुस ११, 
उच्च माध्यमिक शिक्षा परिषद्ले भारतमा सञ्चालित तीन महिने कोर्सलाई प्लस टुसरह मान्यता दिने विवादास्पद निर्णय गरेको छ । परिषद्ले नयाँदिल्लीस्थित 'राष्ट्रिय मुक्त विद्यालयीय शिक्षा संस्थान' (एनआईओसी) सँगको समकक्षता गत साउन २० गते स्थगन गरेकामा भारतीय दूतावास र शिक्षा मन्त्रालयका केहीको दबाबमा फुकुवा गरेको हो । फुकुवापछि एनआईओसीबाट ३ महिना, ६ महिना वा एक वर्ष मात्र पढेकाहरूले पनि परिषद्बाट १२ कक्षा उत्तीर्ण गरेसरह मान्यता पाउने भएका छन् । स्रोतका अनुसार समकक्षता फुकुवा गर्न भारतीय दूतावासले दबाब दिएको थियो । दूतावासले परराष्ट्रमार्फत शिक्षा मन्त्रालयलाई पत्र पठाउँदै भनेको थियो, '२०६१ देखि पाउँदै आएको समकक्षता स्थगनले उक्त संस्थामा अध्ययनरत हजारौं विद्यार्थीलाई मर्का पर्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।' 


केही माओवादी लडाकु यस्ता विद्यालयमा भर्ना भएकाले शिक्षा मन्त्रालयकै केही अधिकारीबाट पनि फुकुवाको दबाब परेको स्रोतले बतायो । 'नपढी प्लस टु पास हुने भन्ने आशयका विज्ञापन नेपाली सञ्चारमाध्यममा आउन थालेपछि समकक्षता बन्द गरिएको थियो,' परिषद्को पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा प्रमुख रामचन्द्र पाण्डेले भने । परिषद् प्रवक्ता नारायण कोइरालाले भने त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएको भारतीय शैक्षिक संस्था भएकाले एनआईओसीलाई परिषद्ले पनि मान्यता दिनुपरेको बताए । प्लस टु तहको परीक्षा सञ्चालन गर्ने भारतीय सरकारका आधिकारिक र अनुमति पाएका करिब सय संस्थालाई परिषद्को मान्यता छ । 'दूतावासले कूटनीतिक माध्यमबाट समकक्षता स्थगन फुकुवा गर्न पहल गरेको हो,' कोइरालाले भने । शिक्षा मन्त्रालय र परिषद् दुवैसित नेपालमा कतिले यस्तो कोर्स चलाएका छन् भन्ने तथ्यांक छैन । एनआईओसीले नेपाली विद्यार्थीलाई 'भारतीय प्रान्त' का भनी लब्धांकपत्र दिँदै आएको छ । एनआईओसी भारतमा खुला विद्यालयको अवधारणामा चलेको संस्था हो ।

साभार : ईकान्तिपुर डट कम  

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...