पुस १२
नेपाली सामाजिक वेबसाइट 'संगालो डट कम' मोबाइल भर्सनमा पनि हेर्न सकिने भएको छ । प्रिन्स्टन मिडियाले सोमबार वेबसाइटको मोबाइल भर्सन सार्वजनिक गर्यो । संगालोको मोबाई भर्सन आइफोन, एन्ड्रोइड लगायत जुनसुकै फोनहरुमा पनि प्रयोग गर्न सकिने प्रमुख कार्यकारी निर्देशक सुलोचना कर्माचार्यले बताइन् । उनका अनुसार मोबाइलको बढ्दो प्रयोग र उपयोगितासागै प्रयोगकर्ताहरुको आवश्यकताहरुलाई ध्यानमा राखेर मोबाईल भर्सन सार्वजनिक गरिएको जानकारी दिइन् । मोबाईल भर्सनमा पनि प्रयोगकर्ताले आफ्नो स्टाटस परिवर्तन गर्न, फोटो अपलोड गर्न तथा हेर्न, व्यक्तिगत इमेल हेर्न/पठाउन, समूह बनाउन, प्रतिक्रयाहरु हेर्ने लगायतसुविधाहरु प्र्रयोग गर्न सक्नेछन् ।
कम्पनीले छिट्टै मोबाइल भर्सनमै मोबाइल च्याट र किनमेल सुविधा पनि उपलब्ध गराउने प्रमुख कार्यकारी निर्देशक कर्माचार्यले जानकारी दिइन् ।
साभार : ईकान्तिपुर डट कम
Comments