Skip to main content

ल्होछारको अवसरमा व्यापार प्रबर्धन मेला हुने

पुष १५
सिन्धुली जिल्लाको पश्चिममा अवस्थित महेन्द्रझ्याँडी गाविस-४, हाक्पारामा आउँदो माघ १४ देखि १८ गतेसम्म पाँच दिने स्थानीय व्यापार प्रवर्धन मेला हुने  भएको छ । स्थानीयबासीको पहलमा बि.सं. २०६१ साल वैशाखदेखि प्रत्येक शनिबार उक्त ठाउँमा लाग्दै आएको हाट बजारलाई विकास तथा व्यबस्थापन गर्ने मूख्य उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलालाई सफल बनाउन स्थानीय जनकल्याण सामुदायिक संस्थाका अध्यक्ष तथा डेन्साङ प्राथामिक विध्यालयका प्रधानाध्यापक निर बहादुर मोक्तानको संयोजकत्वमा बन्दिपुर, बिकास, ज्योती र जनकल्याण सामुदायिक संस्थाका सबै सदस्यहरु रहेको १ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी गाविस तथा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मेला सल्लाहकार समिति तथा विभिन्न उपसमितिहरु बनाई कार्य अगाडि बढाईएको मेला मूल आयोजक समितिका संयोजक मोक्तानले जानकारी दिनुभएको छ । 'तामाङ समुदायको महान साँस्कृतिक पर्व २८४८ औं 'डुक' ल्होछार तथा वसन्त पन्चमी र शहिद दिवसको अवसर पारेर हामीले मेला साचालन गर्न लागेका हौं र मेलाबाट स्थानीय व्यापारी तथा व्यापारको प्रवर्धन गर्ने, पर्यटकीय क्षेत्रको जानकारी दिने लगायतका उद्देश्य लिएका छौं' संयोजक मोक्तानले भन्नुभयो । मेलामा १ सय ५० वटा स्टलहरु रहने र व्यापार, मनोराजन, विभिन्न स्थानीय उत्पादनहरुको प्रदर्शनी, खेलकुद, सरस्वती पूजा, ल्होछार जागरण जस्ता कार्यक्रमहरु गरिने बताईएको छ । त्यस्तै नेपाली चलचित्रहरु 'अन्दाज' र 'नारी' तथा तामाङ चलचित्र 'लानी'को प्रदर्शनी पनि मेलामा रहने जनाईएको छ । मेलाको अवलोकन गर्न सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, काभ्रे तथा अन्य क्षेत्रबाट गरी करीब १ लाखको सहभागिता रहने आशा आयोजकले लिएको छ । साथमा मेलामा आफ्नो व्यापार व्यवशाय गर्न तथा कला देखाउन चाहने व्यक्ति वा संघसंस्थाहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide