Skip to main content

सिन्धुली र संखुवासभालाई मान्यता

पुस ४, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध जिल्ला संघको संख्या ४२ पुगेको छ। आइतबार सम्पन्न एन्फाको १२औं साधारण सभाले सिन्धुली र संखुवासभालाई जिल्ला संघको मान्यता प्रदान दिएको छ। कोषाध्यक्ष विराटजंग शाहीले बन्द सत्रमा पेश गरेको आर्थिक वर्ष २०६८/०७९ को १८ करोड १० लाख १९ हजार रुपैयाँको अनुमानित बजेट सभाले पास गरेको छ। फागुनमा काठमाडौंमा एएफसी च्यालेन्ज कप आयोजनाका कारण यसपटक अघिल्ला वर्षभन्दा दोब्बर बजेट आएको हो। चालु आर्थिक वर्षमा झन्डै ४ करोड एन्फाले बचत गरेको छ। १३ करोडभन्दा बढी आम्दानी गरेको एन्फाले ९ करोडभन्दा बढी खर्च गरेको छ। अध्यक्ष गणेश थापाले एन्फाको वार्षिक प्रतिवेदन पेश गरेका थिए। एन्फा केन्द्रीय कार्यसमितिले २०६९ का लागि प्रस्ताव गरेको ३१ वटा कार्यक्रम साधारण सभामा सर्वसम्मत पास भएको छ।

त्यसमा ए डिभिजन क्लबका तीनवटा नकआउट फुटबल प्रतियोगिता समावेश छ। ए डिभिजन लिग वैशाख १० देखि असार २५ सम्म तथा राष्ट्रिय लिग मंसिर पुसमा गर्ने निर्णय गरेको छ। एन्फाले विगतका लगभग सबै प्रतियोगितालाई निरन्तरता दिनुका साथै रेफ्री कोर्स, सी लाइसेन्स कोचिङ कोर्स, विभिन्न उमेर समूहका प्रतियोगिता, महिला लिग, ए, बी, सी डिजिभनका जिल्लादेखि राष्ट्रिय लिग आयोजना गर्ने गरिनेछ। एन्फा अध्यक्ष थापाले १३ अञ्चलमा एन्फाको संघ विस्तार भएकाले अब छिट्टै बाँकी एक अञ्चल कर्णालीमा पनि विस्तार गरिने घोषणा गरे। साधारण सभामा एन्फा पदाधिकारी, ४१ जिल्ला र १८ ए डिभिजन क्लबका ३-३ प्रतिनिधिको सहभागिता थियो। त्यस्तै बी डिभिजन, सी डिभिजन, खेलाडी, प्रशिक्षक, महिला र रेफ्री संघका सीमित प्रतिनिधि गरी सभामा २ सय भन्दा बढीले भाग लिएका थिए। ताप्लेजुङलाई पनि सभामा पर्यवेक्षकका रूपमा समावेश गराइएको थियो।

त्यसअघि युवा तथा खेलकुदमन्त्री कमला रोकाले साधारण सभाको उद्घाटन गरेकी थिइन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले यो वर्ष फुटबलमय वर्ष भएको दोहोर्‍याए। 'साफ च्याम्पियनसिपदौरान एन्फाले खेलाडीको मनोबल बढाउन कुनै कसर बाँकी राखेन। त्यसले पक्कै पनि खेलाडीको मनोबल बढेको हुनुपर्छ,' लामाले भने, 'नेपालले लक्ष्यअनुसारको फाइनल पुग्न नसकेपछि सहभागीसामु उत्कृष्ट प्रदर्शन गरेको छ।' उनले खेलाडी, प्रशिक्षक र संघ कुनै राजनीतिक दलको पेवा नभई देशको सम्पत्ति भएको समेत प्रस्ट पारे।

सागरलाई ५० हजार
खेलकुदमन्त्री रोकाले साफ च्याम्पियनसिपमा नेपाली टोलीका कप्तान सागर थापाले बंगलादेशविरुद्ध फ्रिकिकमार्फत गरेको अविश्वसनीय गोलका लागि मन्त्रालयका तर्फबाट ५० हजार रुपैयाँ दिने घोषणा गरिन्। रोकाले साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई ५० हजार दिने बताए पनि पछि एन्फा अध्यक्ष गणेश थापाले त्यसलाई सच्याउँदै मन्त्रीले कप्तान सागरलाई दिने घोषणा गरेको बताए। अध्यक्ष थापाले एन्फा सल्लाहकार अनिल शाहले १ लाख र अन्य एक व्यक्तिले १ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको जानकारी दिए।

साभार : नागरिक न्युज 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।