Skip to main content

धिमें, समयबजी र नेवाः सुन्दरी

पुष १४
व्यस्त ठमेल चोकैको मेट्रो काठमान्डु रेस्टुरेस्ट उक्लिँदै गर्दा जिन्स पाइन्ट र कालो पृष्ठभूमिमा रातो धर्के टिसर्ट लाएका एक हुल नेवार सुन्दरीले एकसाथ लयात्मक स्वर निकाले- 'ज्वज्वलपा ।' काठको सिँडीदार भर्‍याङ उक्लेर रेस्टुरेन्ट भित्री हल पुग्दा केही सुन्दरीहरू पि्र-जजका लागि भिडिरहेका देखिए । मिस नेवाः-२०११ को अन्तिम प्रतिस्पर्धामा उत्रिरहेका उनीहरूलाई आफ्नो मौलिक कला, संस्कृति र खानपानबारे प्रश्न गर्दै थिए- गायक निर्णय श्रेष्ठ, भाइराजा तुलाधर, राजभाइ सुवाल, सर्जुबाबा श्रेष्ठ, आरके मानन्धर, आकाशा बज्राचार्य लगायतका निर्णायक टोली ।
'मलाई जे आउँछ त्यही भनिदिएँ,' हलभित्रबाट निस्कन साथ १७ वर्षीया सेविका महर्जनले हतारहतार साथीहरूलाई पि्र-जज राउन्ड फेस गर्दाको अनुभव सुनाइन्, 'किन नर्भस हुनु बेकारमा ?'

त्यसपछि उनी रेस्टुरेन्टको पूर्वतिरको कुनामा सोफा बसिन्, जहाँ रिजु महर्जन, प्रजिना श्रेष्ठ, प्रमिला मानन्धर, सोनम शाही, लसता लाखे, एन्जी श्रेष्ठ, सोमी अवाले, मारिया श्रेष्ठ लगायतका साथीहरू कुरिबसेका थिए ।
यसपछि सेविकाले नेवार समुदायमा प्रचलित मौलिक बाजा धिमेसँग जोडिएका अनुभव सुनाउन थालिन् । आशिर्वाद कलेज पढ्दै गरेकी ठमेलकै यी सुन्दरीलाई चार महिनाअघिसम्म मौलिक वाद्ययन्त्र धिमे, ता -झ्याली), खिँ र धुनियाँबारे केही थाहा थिएन । दाइहरू भने जात्रामात्रा, पूजा र विवाहतिर धिमे बजाउँदै नाच्थे, बुबा -विश्व महर्जन) गाउँथे ।  मौलिक परम्प्ाराअनुसार नेवारी बिहे गर्नुपर्‍यो भने अहिले पनि सेविकाका बुबालाई गाउन निम्त्याइन्छ । 'उहिलेका कुरा खुइले भन्न नहुने रहेछ,' सेविकाले पछिल्लो समय आफूमा आएको परिवर्तनबारे सुनाइन्, 'पुराना कुरालाई पनि समयअनुकूल परिमार्जन गर्दै लग्यो भने सुनमा सुगन्ध हुने रहेछ ।'
'ओल्ड इज गोल्ड' भन्न मोरी,' मारियाले बीचैमा प्वाक्क भनिन्, सबैजना हाँस्न थाले । 'हो हो,' सेविकाले भनिन्, 'त्यो गोल्ड मैले नि अलिकति चोरेकी छु ।' शब्द अलिक ठाडो भएनि सेविकाले 'चोरेकी' हैन 'ग्रहण' गरेकी थिइन् । चार महिनाअघि मात्रै उनले आफ्नै दाइ दीपु महर्जनबाट धिमे बजाउन सिकिन् । अचेल उनी कुनै चाडपर्व या उत्सवतिर घाँटीमा निर्धक्क धिमे भिरेर बजाउँछिन् । मौलिक संस्कृतिलाई नयाँ परिमार्जनसहित नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले हरेक वर्ष हुँदै आएको मिस नेवाको यो संस्करणको टयालेन्ट राउन्ड उनले तिनै धिमेमा आफ्नो कला देखाएकी थिइन् ।
'यो त ढुंगेयुगको बाजा हो नि,' भित्रबाट हस्याङफस्याङ गर्दै हुलमा आइपुगेकी उरुसा श्रेष्ठले झन्डै चिच्याएको लवजमा भनिन्, 'जंगली युगमा केटाहरूले जनावरहरूलाई भगाउन तिनै जन्तुको छालाबाट ठुल्ठूला बाजा बनाउँथे । अनि बाजा बजाउँदै जनवार भगाउँथे रे ।' धिमें उत्पत्तिसँग जोडिएको यो नेवारी मिथकलाई पुष्टि गर्न उनले नेवारी संस्कृति र भाषाका शिक्षक राजु नापितको साहरा लिइन् । 'त्यही पुरानो बाजाको परिस्कृत रूप अहिलेको धिमे रहेछ,' लेखकसमेत रहेका राजुलाई उरुसाले फेरि 'कोट' गरिन् ।
सुन्दरी प्रतियोगितामा चाहिँ किन भाग लियौ ?
रोचक के भने यो प्रश्नको जवाफमा कुनै पनि युवतीले अरू प्रतियोगिताका सहभागीले झैं 'जित्न', 'ताज कुम्ल्याउन' या 'जितेर कुनै सामाजिक काम गर्न' भन्ने जवाफ दिएनन् । सबैजनाले चरीले चिर्बिर गरेझैंको आवाजमा भने, 'पुरानो संस्कृतिलाई नयाँ ढंगले जोगाउन ।' उनीहरूको बुझाइमा नयाँ पुस्तालाई पुरानै ढर्राले संस्कृति सिकाएर हुँदैन । हरेक वस्तु परिवर्तनशील भएजस्तै संस्कृतिमा पनि परिमार्जन भइरहन्छ । तर युग सुहाउँदो । यसलाई पुष्टि गर्न सोनम, लसता, प्रजिना, प्रमिला र सोमीले हाकुपटासीको उदाहरण पेस गरे । 'पहिले र अहिलेको हाकुपटासी नै फरक छ,' नेसनल कलेजमा १२ पढ्दै गरेकी बालकुमारीकी १८ वषर्ीया सोनमले भनिन्, 'पहिले कुर्कुच्चा छोप्ने लामो र खुल्ला हाकुपटासी -फरिया) लाउने चलन थियो, अहिले त्यो छोटिँदै आएको छ ।'
ताहाचलकी रोजिना शाक्यले यहीसँग जोडिएको अर्को परिवर्तन सुनाइन् । उनका अनुसार पहिले -हजुरआमा, आमाको पालामा) हाकुपटासी हातले मुजा लाइरहनुपथ्र्यो, अहिले रेडिमेट मुजावाला बजारमा पाइन्छ, सानो कपडाकै तुनाले कम्मरमा बाँधेपछि मुजाको टन्टै साफ । 'मोडिफाइ हाकुपटासी,' पुरानो बानेश्वरस्थित एपेक्स कलेजमा स्नातक पढ्दै गरेकी प्रजिनाले हाँस्दै थपिन्, 'नयाँ पुस्ता साडीको मुजामा अल्झेर बस्दैनन् नि, सुपर फास्ट ।' 'खानेकुरा चाहिँ मोडिफाइ भएको छैन,' रोजिनालाई सघाउन डल्लुकी अनिसा प्रजापति, टेकुकी ग्रीष्मा बज्राचार्य, पूजा श्रेष्ठ, लगनखेलकी सुनिता डंगोल र नयाँ बजारकी सामाना श्रेष्ठ पनि आइपुगे । हुलमाझ आ-आफूलाई बनाउन आउने खानेकुराको परिकार बखान चल्न थाल्यो- छोयला, यमरी, क्वाँटी, भुटुन, समयबजी । गुठीको भोजभतेर या विवाह ब्रतबन्ध, समयबजी प्रायः काठमाडौं उपत्यकाको नेवार समुदायमा प्रचलित खाजा भएकाले सबैलाई बनाउन आउने र सबैले यो आ-आफ्नै भान्साबाट सिकेको सुनाए ।
'सन्याखुना बनाउन चाहिँ निकै गार्‍हो हुन्छ,' एनसीसीएस कलेज पढ्दै गरेकी विजेश्वरीकी १७ वषर्ीया रिजु महर्जनले प्रायः बाहिरतिरका नेवारी रेस्टुरेन्टमा नपाइने परिकारको नाम लिइन्, 'यो निकै मिठो खानेकुरा हो ।' उनका अनुसार माछामा खुसार्नी, कालो तेल र झम्सी -अमिलो) हालेर बनाइने यो परिकार प्रायः जाडोको बेला खाइन्छ । रोजिनाले चाहिँ जाडोकै बेला खाने अर्को परिकारको नाम लिइन्, 'तखाला ।' एक दिन लाएर बनाइने राँगाको खुट्टाको यो सुप पि|mजमा राखेर लगभग तीन दिनसम्म खान मिल्छ ।
खानेकुरापछि सुन्दरीहरू नृत्य र गीतबारे गफिए । प्रमिला मानन्धरले कुमारी नृत्यको स्टेप बताउनतिर लागिन्, रोजिनाले मञ्जुश्री र ग्रीष्माले बज्रयोगिनी नृत्यको । 'यी सबै चर्या नृत्यको र्फममै नाचिन्छ,' जेभियर्स पढ्दै गरेकी १८ वषर्ीया उरुसाले आफ्नो चर्या अनुभव सुनाइन्, 'अनुहार र हाउभाउबाट स्टोरी भन्नुपर्ने हुन्छ ।' पिपल्स क्याम्पस पढ्दैकी डल्लुकी अनिसाले चाहिँ बाँसुरी अनुभव सुनाइन् । चार वर्षअघि गुठीमा बाँसुरी सिकेकी उनले छिमेकीको विवाहमा समेत बाँसुरी बजाउँदै बेहुली लिन गएकी छन् । आ-आफ्ना अनुभव बताइरहेकै बेला सोनमले चित्रकलामा नेवारी मिथक र सम्पदालाई अमूर्त रूपले कोर्न मन पराउने र लसताले चाहिँ भ्वाइलिनमा नेवारी धुन भर्न मन पराउने सुनाइन् ।
'भ्वाइलिन र अमूर्त चित्रमा कसरी मौलिकपन....?'
'मोर्डन ल्फेवर -आधुनिक स्वाद) भनेको यही त हो नि,' प्रश्न भुइँमा खस्न नपाउँदै लसता र सोनम बोले, 'फ्युजन क्या ।' अर्थात् नयाँ प्रविधि र शैलीमा पुरानो मौलिकताको मिसावट । अन्तिम प्रतिस्पर्धामा उत्रिँदै गरेकी ३६ नेवार सुन्दरी खासमा यही चाहन्छन् । तर अहिलेचाहिँ मेट्रो काठमान्डु रेस्टुरेन्टमा भने एउटा पुरानो र चर्चित नेवारी गीत गुन्जियो- राजमती कुमती जिके वसा पिरती हया बिउ राजमती चा ः -गीतको सार ः राजमती मलाई माया गर्न आऊ)
साभार : ईकान्तिपुर डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...