Skip to main content

महङ्गा सिनेमाले थिचिए आर्यन

पुष २२
नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैनन् । यस्तै हल्लाहरु छन् बजारमा । एकअर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् । उनले अभिनय गरेका सिनेमा यो वर्ष मात्र दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले बजार पाएको छैन, यहाँ महङ्गा बजेटका सिनेमा चलेर लगानी उठाउन गाह्रौ नै पर्दछ । नायक आर्यन सिग्देल पछिल्ला केही समय महङ्गा सिनेमाले थिचिएका नायक हुन् । 
उनले अभिनय गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ ले करीब ९० लाख निर्माताको हातमा पुर्यायो  । तर, यो सिनेमा असफल भयो, कारण यसको लगानी १ करोडको हारहारीमा थियो । यदि यो सिनेमालाई समयमा सकिकिएको भए यो सिनेमाको बजेट १ करोड पुग्दैनथ्यो र लगानी पनि उठाउथ्यो । यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘के यो माया हो’को कथा पनि यस्तै नै छ । यो सिनेमा पनि १ करोड भन्दा माथिको लगानीमा बन्यो । छायांकन नगर्ने अन्य काम गर्ने भन्ने आरोप खेपेको यो सिनेमाको बजेट पनि १ करोड पुग्दैनथ्यो । तर, लामो छायांकन सेड्युलका कारण सिनेमाको बजेट आकासियो । सिनेमा व्यापारका हिसाबले यो वर्ष प्रर्दशनमा आएका अन्य सिनेमाभन्दा माथी छ तर सिनेमाले लगानी उठाएन । चलचित्र असफल दर्जामा ठहरियो र नायक आर्यन पनि असफल जस्तै नै देखिए ।

‘मेरो लभ स्टोरी’को कहानी पनि उस्तै नै हो । यसपछि, अब आर्यनको चलचित्र ‘आइ एम सरी’ बजारमा आउँदैछ । यो सिनेमाको बजेट पनि १ करोड भन्दामाथि नाघिसकेको छ । अव, यो सिनेमाले लगानी उठाउने कुरामा शंका व्यक्त गर्न सकिन्छ । लामो समयसम्म छायांकन हुँदा सिनेमाको बजेट वढ्न गएको हो । तर, यही सिनेमालाई पनि कम वजेटमा छायांकन गरी उही स्तरियता दिन निर्माणपक्षले सक्थ्यो होला तर, यसो भएन । अहिले आर्यनको चलचित्र भविष्य यहि सिनेमासँग जोडिएर हेरिएको छ । तर, सिनेमाको बजेट हेर्दा आर्यनको अभिनय र स्टारक्रेजले मात्र यो सिनेमालाई जोगाउन सक्छ भन्ने देखिदैँन । यसैले, नायक आर्यन सिग्देल महङ्गा सिनेमाले थिचिएर असफलताको सूचीमा परिरहेका छन् । उनले अभिनय गरेका सिनेमा महङ्गा हुनु, निर्माताको लगानी आकासिनुको कारणले पनि उनी असफल देखिएका हुन् । नेपाली सिनेमाको बजारभन्दामाथि सिनेमा निर्माण गरेर कसरी उठ्न सक्छ लगानी ? आर्यनले पनि यो विषयमा सोच्ने हो की ?

साभार : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...