Skip to main content

खण्डित ताम्सालिङ स्वीकार्दैनौं : अध्यक्ष योन्जन

पुष २४, सिन्धुली

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङले तामाङ समुदायका निम्ति खण्डित ताम्सालिङ प्रदेश स्वीकार्य नहुने बताउनु भएको छ । संविधानसभाको राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनःसरचना समितिले प्रस्ताब गरेको ताम्सालिङ प्रदेश तामाङ समुदायलाई खण्डित गराएर ल्याएको चर्चा गर्दै उहाँले ताम्सालिङ प्रदेशलाई टुक्राएर बनाइएका दुई प्रदेश सुनकोशी र नारायणीको खारेजीको पनि माग गर्नुभयो । अध्यक्ष योन्जन नेपाल तामाङ घेदुङ सिन्धुलीद्वारा हिजो सिन्धुलीमाढीमा आयोजित 'राज्यको पुनःसंरचना र अखण्ड ताम्सालिङ' विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । 

उहाँले भन्नुभयो- 'खण्डित ताम्सालिङ तामाङ समुदायका लागि मात्र होइन, त्यसभित्र रहेका सबै जातजाति, वर्ग तथा समुदाय र समग्र राष्ट्रलाई नै विकास र संमृद्धिका लागि वाधक हुन्छ । तसर्थ खण्डित ताम्सालिङ स्वीकार्य छैन ।' भूगोल, ढुङ्गा तथा माटोको लागि नभइ विभेद अन्त्यका निम्ति उत्पीडित समुदायको स्वशासनको लागि संघीयता अपरिहार्य भएकोले जातीय पहिचानको आधारमा संघीयताको संरचना निर्माण गरिनु पर्ने र पहिचान तथा सामार्थ्य दुबै आधारमा प्रस्तावित खण्डित ताम्सालिङ प्रदेश न्यायोचित र वैज्ञानिक नभएको उहाँको भनाई थियो । अहिलेको सन्दर्भमा प्रदेश प्रधान नभई स्वशासनको प्रश्न प्रधान भएकाले आ-आफ्नो स्वशासित क्षेत्र प्राप्तिका लागि पनि तामाङको ऐतिहाँसिक भूमीमा रहेका आमसमुदायलाई अखण्ड ताम्सालिङको पक्षमा उभिन अध्यक्ष योन्जनले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुँदै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष कमान सिंह लामाले जातीय उत्पीडन अन्त्यका लागि राज्यको पुनःसंरचना गर्नुपरेको उल्लेख गर्दै जुनकुनै पार्टी मिलेर संविधान बनाएपनि अखण्ड ताम्सालिङको विपक्षमा संविधान बनाए त्यो च्यातिदिने चेताबनी दिनुभयो । नेपालमा पहिलादेखि नै जातीय सत्ता रहेकाले अहिले पनि जातीय तथा पहिचानको आधारमा प्रदेश बनाउदा कसैलेपनि टाउको दुखाइ रहनु नपर्ने उहाँको भनाइ थियो । संघीयता र जातीय स्वशासनका कारण विश्वमा कुनै पनि मुलुक नटुकि्रएको दावी गर्नुहुँदै संघीयताले मुलुक टुक्रीन्छ भन्नु मुलुकलाई यथास्थितिमा राख्ने प्रतिगामी सोच भएको पनि उहाँले बताउनु भयो । अहिलेको शान्ति प्रक्रीयालाई भाँडन संघीयता विरोधीहरुले चलखेल गरिरहेको उहाँको आरोप थियो । 

कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी सुरद स्याङतान, नेपाली काँग्रेसका दीपक मिश्र, नेकपा एमालेका शान्ता पाख्रिन, राष्ट्रिय जनमोर्चाका गंगा खड्का, नेकपा मालेका वेच बहादुर हायू लगायतले आ-आफ्नो धारणा राखेका थिए । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष काजीमान थिङको अध्यक्षतामा भएको कार्यक्रममा राज्यको नयाँ संरचना, संघीयता, आत्मनिर्णयको अधिकार, जातीय स्वशासन, आदिबासी जनजाति र गैर आदिबासी जनजातिको अधिकार, लोपउन्मुख तथा सिमान्तकृत समुदायको अधिकार लगायतका विषयमा पनि छलफल भएको थियो ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide