पुष २६, सिन्धुली

त्यसै गरी विकास निर्माण कार्यमा सरोकारवाला उपभोक्ताको अपनत्व बढाउन जनसहभागिता बृद्धि गर्न र जनताको लागत सहभागिता बढाउन पनि खानेपानी कृषि सडक िसंचाई जस्ता योजनाहरु उपभोक्ता समिति मार्फत संचालन गर्न प्राथमिकता कमलामाई नगरपालीकाका अधिकृत वरालले वताए । नगरपालिका क्षेत्रभित्र विकास निर्माण कार्यक्रमहरु साचालन गर्दा जनसहभागितालाई प्राथमिकता राख्ने र विकासमा जनता बढी लागत सहभागितालाई प्राथमिकता भन्ने सूत्रका साथ बढी जनसहभागिता जुट्ने प्रकृतिका योजनाहरुलाई उच्च प्राथमिकता दिईने र योजना संचालनको क्रममा पेश्की शुन्य अभियानलाई कार्यान्वयन गर्न पहल गर्न जोड दिइन नगर परिषदमा नगर प्रमुखको समेत जिम्वेवारी लिएका अधिकृत वरालले भने । समावेशी विकासको सिद्धान्तलाई अवलम्वन गर्दै नगर क्षेत्रका महिला वालवालिका दलित आदिवासी जनजाति अपाङ्गहरु प्रत्यक्ष लाभान्वित हुने विशेष कार्यक्रम संचालन गर्न पहल गर्नुका साथै गै.स।संस्थाहरुलाई समेत नगर क्षेत्रमा वर्ग लक्षित कार्यक्रमहरु संचालन गर्न प्रोत्साहन गर्ने निती नगरपालीकाले लिने वताए ।
साभार : सिन्धुली दर्पण
साभार : सिन्धुली दर्पण
Comments