कविता


उद्धव श्रेष्ठ
क.न.पा.६ , सिन्धुली 
त्राशमय बाटोहरु 

खोली हेरे आँखा यहाँ  
जता ततै लाश भेट्छु    
हीजो हिड्ने बाटो भरि 
आज हिडदा काँडा भेट् छु ।

अन्धाकारमा हिडेको छु 
जुनको रातमा जलेको छु 
पिडा सही हासेको छु 
मरे सरि बाँचेको छु ।

आतँकको सिकारमा  
स्वार्थको भकारीमा 
जो को ही मरेका छन्
रगत त्यसै बगेका छन् ।


हिड्नु सधैँ परेको छ 
जाने कुनै बाटो छैन  २
त्राशले होश छैन 
फर्कि आँउने आश छैन 

कलयूगको यूग हो यो 
अर्थ चिन्ने जुग हो यो 
धर्म बेच्ने हुल हो यो 
मान्छे सबको भूल हो यो 

दोबाटोको चौतारोमा 
लाश कस्को परेको छ 
मर्ने जति मरि सके
भाग्ने सबै भागि सके 
भाग्न खोजे पाइलाहरु
काँडाहरु त्यतिकै छ ।

हत्या हिन्शा गर्नेको त २
जस्को कुनै लेख छैन 
त्राश नभइ बाच्नु पर्ने 
जुन कुनै देश  छैन ।

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading