Skip to main content

ऐतिहासिक ल्होसार संस्कृतिक महोत्सब २०६८ हिजोबाट सुरु भयो

माघ २१, सिन्धुली
ऐतिहासिक ल्होसार संस्कृतिक महोत्सब २०६८ हिजोबाट सिन्धुलीमाढीमा सुरु भयो । पर्यटनमन्त्रि लोकेन्द्र बहादुर बिष्ट मगरज्युले उद्घाटन गर्नु भयो । महोत्सबमा १०० वटा स्टल राखिएको आयोजकले बताएका छन् । २८४८  डुक ल्होछारको अवसर पारेर आयोजना गरिएको महोत्सब यहि माघ २० गतेका दिन देखि २६ गतेसम्म संचालन हुनेछ । बहुसाँस्कृतिक पहिचाहन, नेपालको स्वाभिमान समान र सम्मानका लागि जागरण अभियान भन्ने मुल नाराका साथ संचालन गर्न लागिएको महोत्सबमा ५  लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको बिश्वास रहेको छन् ।  महोत्सब आदिबासि जनजातिहरुको खानपिन ,साँस्कृतिक झाकि , डम्फुरे बोन्बो र लामा नाच लगायत अन्य सांस्कृति कार्यक्रम गरिने महोत्सब मुल समारोह समितिका संयोजक काजिमान थिङ्गले जानकारी दिनुभयो ।
उद्घाटन पुर्ब बिभिन्न सांस्कृति झाकि सहित बजार परिक्रमा गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । महोत्सब दिउसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।


Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।