Skip to main content

प्रशान्त र खगेन्द्रले तताए सिन्धुली

माघ २९, सिन्धुली 
सिन्धुलीमा माघ २० गते देखि भइरहेको ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन आइतबार प्रशान्त र खगेन्द्रले सिन्धुली तताए । महोत्सवको अन्तिम दिन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रशान्तको गीत र खगेन्द्रको नृत्यका लागी विहानदेखि कुरेर बसेका सिन्धुलीवासीले दुवैको आगमनलाई उतिकै वाह...वाहले स्वागत गरेका थिए ।
तामाङहरुको सांस्कृतिक पर्व २८४८ औँ सोनम ल्होछारको अवसरमा आयोजित ल्होछार बहुसांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रमको समापन पछि मञ्चमा देखिएका विश्वकै सबै भन्दा होचो व्यक्तिको नाम गिनिज बुकमा रेकर्ड कायम गरेका खगेन्द्र थापामगरले पञ्चेबाजाका धुनमा खुकुरी साथमा लिएर नाचेका थिए । खगेन्द्रको त्यो नृत्य भइरहदा दर्शकहरुको भिड थाम्न प्रहरी तथा आयोजकलाई हम्मे पारेका थिए ।

ल्होछार सांस्कृतिक महोत्सवको अन्तिम दिन सिन्धुलीमा आएका इन्डियल आइडल प्रशान्त तामाङका गीतहरुले सिन्धुली महोत्सवमा निकै रौनकता थप्यो । महोत्सवमा आएका प्रशान्तले गाएका हरेक गीतहरुमा उनका फ्यानहरुको वाहवाहलाई प्रहरीले नियन्त्रणमा लिन सकेनन् । प्रशान्तलाई हेर्नका लागी बालक देखि बृद्धा सम्म गेट देखिनै भिड लागेको थियो । प्रशान्तले महोत्सव परिसदको स्टेजका नेपाली तथा हिन्दी गीतहरु गाएका थिए । प्रशानतले नेपाली तथा हिन्दी गीत गाउदा बालक देखि वृद्धसम्मको होहल्ला थियो । 

केहि नपाली गीत हिउ भन्दा चिसो.....अरे क्यानम....मन साइली...गार्खा पल्टन....रातो रानी...बोलको गीतहरु गाएका थिए भने केहि हिन्दी गीत नसा ये प्यारकी नसा.....सेनोरिता....ओम शान्ति ओम.....भिगे ओट तेरे प्यासा दिल मेरा....बच्चना ये हसिनो मै लो आगया जस्ता गीतहरु गाएका थिए । अनतमा आएर प्रशान्तले जसो गर जेभन जतासुकै लाइजाउ मलाइ बोलको गीत गाए पछि फेरि फय्नहरुले वान्समोर वान्समोर भनेर होहाल्ला मच्चाएका थिए । महोत्सव लागेको अवधिमा दर्शकहरुको भिड अन्तिम दिननै भएको आयोजकको भनाइ छ । प्रशान्तको आगमन र खगेन्द्रको प्रस्तुतिलाई आयोजकले हतार हतारमा समापन गरेका थिए ।











तस्बिर: उद्धव श्रेष्ठ

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।