Skip to main content

गाविसमा भेटिदैनन सिन्धुलीका गाविस सचिव

उमा पौडेल सिन्धुली फागुन ९
जिविस सिन्धुली शशस्त्र द्धन्दको समयमा गाँउमा शान्ति सुरक्षा नभएको भन्दै गाबिसमा नबसेका   सिन्धुलीका   गाबिस सचिबहरु आजभोलि पनि गाँउमा भेटिदैनन् । सदरमुकाममै कोठा भाडामा लिएर सचिबहरुले कार्यालय संचालन गर्न थालेपछि सानो काम लिएर सदरमुकाम आउने सर्बसाधारणहरु वाध्य भएका छन् ।  

सिन्धुलीमा ५३ वटा गाबिसका सचिबहरु गाँउमा नबस्नाले स्थानीयले दुख त पाएका छन् भने सचिबहरु पनि गाउमा बस्न नसक्नुमा आफ्नै कारण देखाउछन् । गाँउमा गाबिस भबन नभएको र सबै कागजपत्रहरु सुरक्षित नहुनाले सदरमुकाम केन्द्रित भएको रानीचुरी गाबिसका सचिब कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । 
गाबिस सचिब र स्थानीयले गाबिस सचिब सदरमुकाम केन्द्रित भएको स्विकार गरेपनि सबै गाबिस सचिबहरु गाँउमै बसेको गाबिस सचिब हकहित संरक्षण केन्द्रका अध्यक्ष ईन्द्र राईको दाबी छ ।

सामान्य प्रसासन मन्त्रालयले देशका हरेका जिल्ला बिकास समिति मार्फत गाबिस सचिबलाई गाँउमै पठाउन पटक पटक पत्र पठाएको छ , तर पनि सिन्धुलीका गाबिस सचिबहरु भने सदरमुकाम केन्द्रित नै भएका छन् , आफुहरुले अबको १ दुई महिना भित्र सबै सचिबहरुलाई गाबिसमा पठाईसक्ने लक्ष्य लिएको जिल्ला बिकास समिति सिन्धुलीका कार्यक्रम अधिकृत सागर ढकालको भनाई छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।