Skip to main content

रेडक्रसको ३२ औं राष्ट्रिय जुनियर युवा गोष्ठी सम्पन्न

फागुन १६, सिन्धुली 
जुनियर युवा ,सशक्तिरणले ल्याउछ मानविय सेवामा ठुलो टेवा , भन्ने मुल नाराको साथ नेपाल रेडक्रस सोसाईटी राष्ट्रिय जुनियर गोष्ठी विभिन्न क्रियाकलाप गर्दै हिजो  सिन्धुलीमाढीमा सम्पन्न भएको छ। सिन्धुलीमाढीमा रहेको जनज्योति उमावि फोस्रेटारमा भएको कार्यक्रममा नेपालका ६७ वटा जिल्लाका जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा २०६७ ÷०६८ मा भएका राष्ट्रिय निबन्ध प्रतियोगिता,कविता प्रतियोगिता र एल्वम प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय साथै सान्त्वना स्थान हासिल गर्ने सहभागीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला शाखा कास्की,रुपन्देही,तनहुँको कार्य विवरण पनि प्रस्तुत गरिएको थियो । जिल्ला शाखा सिन्धुलीका पूर्व संयोजक तथा यसस्कर सदस्य रामजी सुवेदी,केशव पहाडी,टोम प्रसाद काफले र जरबुट्टा कला सिर्जना गर्न सफल एक मात्र कलाकार विश्वम्बर लामिछानोइृ विशेष सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा भाग लिन सिन्धुली बाट सबै भन्दा टाडाबाट सहभागी हुने जुनियर रेडक्रस सर्कल बाजुरा,सबै भन्दा पहिला सिन्धुलीमा उपस्थित हुने जिल्ला ललितपूर,सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सबै जिल्लाहरुलाई मायाको चिनो समेत पैदान गरिएको थियो । कार्यक्रममा उपस्थित सबै जिल्लाका सहभागीहरुलाई सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीको अबलोकन समेत गराइएको रेडक्रस जिल्ला शाखा सिन्धुलीले जनाएको छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।