Skip to main content

माझीहरुले गरे कोशी पूजा

फागुन १७, सिन्धुली 
माझी समुदमयले हिजो आफ्नो परम्परागत कोशी पूजा मनाएका छन् । सिन्धुली लगायत देशभरमा छरिएर रहेका माझीहरुले हिजो विभिन्न खोला किनारहरुमा कोशी पूजा गरेका हुन् । सिन्धुलीको मरिण खोला, कमला नदी, सुनकोशी, तामाकोशी लगायतका नदीहरुमा पनि उनीहरुले पूजा गरेका छन् । नदी किनारामा गरिने कोशी पूजामा बोका, हाँस, कुखुरा, राँगा लगायतको बली समेत दिने चलन रहेको छ । यसै क्रममा सिन्धुलीको मरिण खोला किनारमा विभिन्न गाउँका माझी समुदायका
मानिसहरुले कोशी पूजा गरेको नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष शुक्रबहादुर माझीले बताउनु भयो । पानीले शक्ति दिन्छ भन्ने मान्यता र विश्वास रहेकोले उनीहरुमा पानीको पूजा गर्ने प्रचलन छ । सिन्धुली, रामेछाप, सर्लाही, महोत्तरी, धनुषा, काभ्रे, उदयपुर लगायतका जिल्लाहरुमा माझी समुदायको बाहुल्यता रहेको छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide