Skip to main content

१०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २४ 
आज मार्च ८ अर्थात १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगात विश्वभर बिभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ग्रामीण महिलाको सशक्तिकरण, भोक र गरिबीको न्यूनीकरण भन्ने तय गरिएको छ । नेपालमा भने महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाइदैछ । अमेरिकाको न्युयोर्कको कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम, कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० मार्च ८ बाट यो दिवस मनाउन थालेका हुन् । 

१०२औं श्रमिक महिला दिवसको अवसरमा नेपालका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि ¥याली, अन्तरक्रिया तथा महिला सवालमा केन्द्रीत भएर छलफलको आयोजना गर्दैछन् । महिला सभासद्हरुको सक्रियतामा कन्या क्याम्पस डिल्लीबजारमा अहिले केहीबेरमा छलफल हुँदैछ भने बिहान १० बजे भद्रकालिबाट ¥याली निकालिदैछ । देशभरका सामुदायिक रेडियाहरुले पनि महिला अधिकार तथा उनीहरुको जीवनस्तर उकास्न सरोकारवाला निकायको भूमिका लगायतका बिषयमा केन्द्रीत बिभिन्न कार्यक्रम प्रसारण गरिरहेका छन् । विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने काममा उनीहरू बढी संलग्न हुन्छन् ।

यसैबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराइले शुभकामना सन्देश दिदै महिलालाई संविधान प्रदत्त हक र अधिकारको सुनिश्चितता आजको अवश्यकता रहेको बताउनु भएको छ । यस्तै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यलयले पनि शुभकामना वक्तव्य जारी गर्दै महिला अधिकारको रक्षा गर्न आग्रह गरेको छ । अन्तरिम संविधान २०६३ ले महिलाहरुलाई गरिने सबै प्रकारका विभेद र हिंसालाई दण्डनीय माने पनि महिला हिंसाका घटनामा कमि आएको छैन ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide