फागुन २७ , सिन्धुली
सवारी दुर्घटना न्यून गर्न हिजोदेखि ट्रफिक सप्ताह सुरु भएको छ । सवारी धनी तथा यात्रु र सर्वसाधारणलाई ट्राफिक चिन्हहरुको जानकारी दिंदै सिन्धुलीमा पनि ट्राफिक सप्ताहका अवसरमा विविध कार्यक्रमहरु सुरु भएका छन् । सिन्धुली ट्राफिक प्रहरीले पर्चा, पम्लेट तथा माइकिङमार्फत ट्राफिक नियमको बारेमा जानकारी गराइरहेका छन् । आगामी चैत २ गतेसम्म मनाईने टा«फिक सप्ताहअन्र्तगत जिल्लाका ग्रामिण सडक भएका ठाउँहरुमा समेत चेतनामूलक कार्यक्रम गरिने सिन्धुलीका टा«फिक प्रमुख ऋद्धि बहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनाबाट बचौँ र बचाऔँ , तँपाईको सुरक्षा हाम्रो सरोकार लगायत सन्देशमुलक नाराहरु लेखिएको पर्चा, पम्लेट बाडेर ट्राफिक नियमको बारेमा सचेतना जगाईरहेका छन् ।
Comments