Skip to main content

आजबाट शैक्षिक आमहड्ताल

फागुन २८, सिन्धुली
शिक्षकहरुले आफ्नो माग वेवास्ता गरेको भन्दै आमहड्ताल गरेकै दिन सिन्धुलीको एक कार्यक्रममा शिक्षामन्त्रि दीनानाथ शर्माले सरकारलाई असफल बनाउनका लागी शिक्षकहरुले आन्दोल जारी राखे परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । आफ्नो अधिकारका लागी शिक्षकहरुले विद्यार्थीहरुको भविष्य माथि भकुण्डो खेलेको हारोप शिक्षामन्त्रि शर्माले लगाए । शिक्षकहरु प्रति निकै आक्रमक बनेका मन्त्रि शर्माले शिक्षकहरुले आन्दोलनका कारण एसएलसी दिने तयारीमा रहेका साँढे पाँचलाख भन्दा बढि विद्यार्थीलाई एक वर्ष पर धकल्ने काम भएमा भएका सुविधा पनि कटौती हुँदै जाने उदे्घोष गरे ।
आन्दोलनमा उत्रेका शिक्षकहरुले आजबाट सम्पुर्ण विद्यालयहरु अनिश्चितकालिन आमहडताल गर्ने भएका छन् । शनिवार बसेको शिक्षकहरुको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षकहरुले आइतवारदेखि सबै विद्यालयहरु बन्द गरी जिल्ला सदरमुकाममा शिक्षा कार्यालयमा धर्ना दिने र सोमवारबाट अनिश्चितकालिन रिले अनसन गर्ने निर्णय गरेका छन् ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide