Skip to main content

सम्झौता सार्वजनिक गर्न माग


चैत्र , १७ , सिन्धुली 
उदयपुर ÷उदयपुर र सिन्धुलीका खानी पिडित हरुले चुनढुंङ्गा उत्तखनन् गर्दा  सरकार संग भएको सम्झौता तक्ताल स्थानीय संयन्त्रमा सार्वजनिक गर्न माग गरेका छन् । शुक्रवार कटारीमा पत्रकार सम्मलेन गर्दै पिडित हरुले सम्झौता सार्वजनिकको माग गरेका हुन् । 

सिराहाको चन्द्रोउदयपुर स्थित मारुती सिमेन्टका लागि चुनढुंङ्गा ढुवानी गर्ने  ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सनको शाखा कटारी ,१ ,देवीधाप द्धारा सञ्चालित ट्रिप्पर हरुले सडक क्षमता भन्दा वढी चुनढुंङ्गा वोकेकै कारण कटारी मिर्चैया सडक खण्ड जीर्ण वनेको , मानवीय तथा वातावरणीय असर वढेको भन्दै आन्दोलित पिडित हरुले आन्दोलनका लागि २३ सदस्यिय मुल समिति समेत गठन गरेका छन् ।

खानी उत्खनन्  वातावरण र सडक संरक्षण समिति शम्भुकुमार पोखरेलको संयोजकत्वमा गठन भएको हो । समितिमा दुवै जिल्लाका राजनितिक दलका प्रतिनिधिहरु  रहेका छन् । समितिले कन्ट्रक्सन लाई वार्ता गरी सहमति गर्न ७ दिनको समय सिमा ताकेको छ ।७ दिन भित्रमा सहमति नभए ८ औं दिन देखि दोस्रो चरणको आन्दोलन अनुसार पिडित दुवै जिल्लाको सवै गाविसमा युवा दस्ता गठन गरी ट्रिप्पर सञ्चालनमा रोक लगाउने , वल प्रयोग गरी आन्दोलन दवाउन खोजे प्रतिकारमा उत्रने कार्यक्रम रहेको समितिका सदस्य तथा नेकपा एमाले उदयपुर का जिल्ला सदस्य कृष्ण थापाले वताए ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide