Skip to main content

ट्रान्समिसन विवाद मिलाउन समिति

फागुन २७, सिन्धुली 
स्थानीयबासीको अवरोधपछि निर्माण प्रभावित भएको खिम्ती ढल्केबर ट्रान्समिसन लाइन निर्माणबारे शुक्रबार पीडित पक्ष र उर्जा मन्त्रालयबीच वार्ता भएको थियो । वार्तामा दुवै पक्षबीच एउटा प्राविधिक टोली निर्माण गर्ने सहमति भएको छ । आगामी चैत्र १२ गतेभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने र त्यो प्रतिवेदन दुवै पक्षले मान्ने गरी प्राविधिक टोली गठन गरिएको मन्त्रालयले जनाएको थिए । उर्जा मन्त्रालयका सह–सचिव अनुप उपाध्यायको नेतृत्वमा गठित उक्त समितिमा प्राधिकरण सञ्चालक सदस्य कृष्णप्रसाद दुलाल र प्राधिकरणकै गणेशप्रसाद राज छन् । सिन्धुलीमाढीका स्थानीयबासीको अवरोधपछि नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर ट्रान्समिसन लाइन निर्माण प्रभावित हुँदै आएको छ । 
निर्माणमा अवरोध गर्दै आएका आएका स्थानीयबासीले विभिन्न माग राख्दै प्रधानमन्त्री कार्यालय र उर्जा मन्त्रालय निवेदन दिएपछि त्यसको लागि पटक पटक छलफल हुँदै आएको छ । गत फागुन १७ गते उर्जा राज्यमन्त्री सूर्यमान दोङ, उर्जा सचिव हरिराम कोइराला लगायतको टोलीले सिन्धुलीमाढीमै पुगेर स्थानीयबासीसँग छलफल गरेको थियो । सिन्धुलीमाढीका स्थानीबासीले आफ्नो जग्गाबाट ट्रान्ससिमन लाइन विस्तार गर्न नदिने बताउँदै आन्दोलन उत्रिएपछि सिन्धुलीमाढी खण्डको ट्रान्समिसन लाइन निर्माण प्रभावित बन्दै आएको छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।