वैशाख ९, सिन्धुली
आज वैशाख कृष्णपक्ष औँसी जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार बनाएर आमालाई खुवाउने चलन छ । विहानै देखि छोराछोरीहरुले आफ्नो आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने कार्य गर्दछन । आजको दिन आमाको सम्झनामा स्थानिय ठाउँ ठाउँमा रहेका तिर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दीरमा पुजा आजा गरि आमाको सम्झना गरिरहेका छन ।
Comments