Skip to main content

सिन्धुलीगढीको स्थापना


सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मी.को तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ कि.मी. को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट निर्माणाधिन वि.पि. राजमार्गको निर्माण सम्पन्न खण्ड सिन्धुलीमाढी–खुर्कोटको करीव २० कि.मी.को दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाण्डौं आक्रमण अर्थात वि.सुं. १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक,

सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ ।

(क) डोयहरुको लुटपाट र सिन्धुलीगढी
विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका सेनाहरुले (डोयहरु)काठमाण्डौँमा ब्यापक लुटपाट गरेर वनेपा हुँदै विदेह (जनकपुर /सितामाढी ) फर्किएका थिए । कमलामाई मन्दिरमा वि.सं.१०३४ मा चढाईएको मुकुटबाट सिन्धुली अन्र्तगतको कमलानदीमा अबस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरु आज भन्दा करिब १०३० वर्ष अगाडी पनि रहेको बुझिएकोले सिन्धुलीमाढी हुदै तराई क्षेत्र होस् वा दोलखा काठमाण्डौँ होस जाने मुख्य बाटोको रुपमा सिन्धुली गढी रहेको रहजै अनुमान गर्न सकिन्छ । मुलकोट,खुर्काट जस्ता कोट लागेका स्थानहरुले पनि प्राचिनकालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।

(ख) सुल्तान समसुद्दीनको काठमाण्डौँ आक्रमण र सिन्धुलीगढी
डोयहरुले काठमाण्डौँ लुटपाट गरेको करीव ४० वर्ष पछाडी फेरी पनि वि.सं. १४०६मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाण्डौँ लगभग ध्वस्त वनाएर बंगाल फर्किदाँ पुनः सिन्धुलीगढीको बाटो फर्किएपछि सिन्धुलीगढीलाई प्रमुख रणनितिक नाकाको रुपमा लिएर शशक्त वनाइएको हुन सक्छ । सिन्धुली गढी तत्कालिन मकवानी शासकले वनाएको भन्दा पटक पटक काठमाण्डौँ माथि आक्रमण हु्ँदा यही नाकाबाट शत्रुहरु आउने भएकोले काठमाण्डौँ तत्कालिन शासक जयस्थिति मल्लले वि.सं. १४११ र १४५२ को विचमा यसको निर्माण गरेको हुनुपर्दछ ।

source : www.sindhuligadhi.com

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide