Skip to main content

सिन्धुलीमा ३ सहिदको सालीक निर्माण गरिने

वैशाख ५, सिन्धुली
कमलामाई नगरपालिका वडा नम्बर ११ मा पञ्चायत शासनकालमा मारिएका ३ सहिदको सालिक सहितको सहिद पार्क निर्माण गर्न लागिएको छ । प्रधानमन्त्री कोषबाट सहिद पार्कका लागि १० लाख रुपैंया बजेट विनियोजन भए पनि सो पार्क निर्माण गर्न लागिएको हो । पार्कको नाम आजाद, दुर्गा र रजन सहिद पार्क नामाकरण गरिएको छ । पार्क निर्माणका भएको भेलाले सोमबार एक निर्माण उपभोक्ता समितिको गठन गरेको छ । इन्द्रप्रसाद ढुंगेल, सचिव सुमन पौडेल, कोषाध्यक्ष मञ्जु देवकोटा रहेका छन् भने सदस्यहरुमा देवराज पौडेल, घनेन्द्रबहादुर कार्की, पूर्णबहादुर खत्री, कमला वि.क, रघुपति प्रधान र यादव प्रसाद सुवेदी  रहनु भएको छ ।

सालीक निर्माणको लागी नारायण प्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समितिको गठन  गरिएको छ । समितिको सदस्यमा ऋषिराज अधिकारी, रमेश देवकोटा, सुरेश कुमार पौडेल र तिलकुमारी माझी छन् । सहिदहरु दलबहादुर रजन, ऋषि देवकोटा र दुर्गा सुवेदीको सालिक सहित बन्न लागेको पार्कमा गार्डेन, प्रतिक्षालय लगाएत निर्माण गरिने र त्यसलाई पर्खालले घेरिने अनुगमन समितिका सदस्य ऋषिराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पार्क बनाउने स्थलको सर्वेक्षण गर्न मंगलबार जिल्ला विकास समिति सिन्धुलीबाट प्राविधिक टोली त्यहाँ पुग्ने  छ भने केहि दिन भित्रै निर्माणको काम सुरु हुने भएको छ । पञ्चायत विरुद्ध वामपन्थी राजनिती गरेको भन्दै ऋषि देवकोटा आजादले २०३७ फागुन १२ गते, दलबहादुर रजनले २०३७ कार्तिक १२ र दुर्गा सुवेदीले २०३६ कार्तिक १७ गते राज्यका सुरक्षाकर्मीले भिमानको चुरे जंगलमा गोली हानी मारेको थियो । ढिलै भए पनि सरकारले सहिदहरुको सम्झनामा पार्क र सालिक निर्माण गर्न लागेकोमा सहिदका परिवारले खुशी व्यक्त गरेका छन् । सहिद दलबहादुर रजनका छोरा दानबहादुर रजनले सहिदको सम्मान गर्न सरकार लागेकोमा खुशी लागेको बताउनुभयो  ।

source : www.sindhulidarpan.com.np

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।