महासय
विगतलाई हेर्नुहोस्
वर्तमानलाई चिन्नुहोस्
भूत,
वर्तमान,
र
भविष्य
यी तीन पक्षको इतिहास
नियाल्नुहोस
र साथमा
विश्व भुमण्डलको परिदृष्य पनि
जसको परिधिभित्र कैद मान्छेहरु
अनि–
अन्यायमा पिल्सिएक मान्छेका
वास्तविक अनुहारहरु
आखिर ! त्यहि मान्छे हो
जो पशुसरह बेचिन्छ
आखिर त्यहि मान्छे हो
जसको अस्तित्तवभित्रको
सतित्व लुटिन्छ
त्यसैले महासय
तपाइँ त खोक्रो नीतिको
फुस्रो कुरा गर्नुहुन्छ
सारा मान्छेहमरुको भिडमा
घमण्डी स्वभाव देखाउनुहुन्छ
तर, अपच भएको छ
तपाइँको त्यो घमण्डी स्वभाव
सार दुचियाँलाई
त्यसैले जोशमा होस पु¥याउनुहोस
कुनै बेला क्षदविक्षद हुन सक्छ
तपाइँ जस्ता पाखण्डीको त्यो घमण्डी
यो मेरो चुनौति हो ।
महासय,
तपाइँ त महान हुनुहुन्छ
हो मलाई थाहा छ,
तर, तपाइँको त्यो महानता भित्र
कुदिएको मानवता
खै ! कहाँ गढो
खै ! कता हरायो
खै ! कता विलाये
मलाई लाग्छ –
तपामइँको त्यो महानता
घमण्डमा परिणत भयो
तपाइँको त्यो मानवता
स्वार्थि दुृनियाँमा वली चढ्यो
त्यसैले त कुरुप बन्दैछ
तपाइँको त्यो महानता
अनि
कुरुप महानता भित्रभित्रै
मौलाएको तपाइँको त्यो मौलता
मौनताभित्र मौलाएको त्यो
तपाइँको विरुष् मानवता
साँचै ! घिन लाग्दा छन्
साचौ ! दुर्गान्धित हुन्
अस्वभाविक पक्षपातिपूर्ण
आश्चर्य लाग्छ–
प्रशासनको भ्रष्ट नीतिनियम
हो ! विलकुलै हो
तपाईको दुष्ट ब्रोके भलादमी नीतिनियम
प्रशासनको खोक्रे नीतिनियम
कुनै कन्तर छैन्
कसैलाई पाखा लगाउने
यो पक्षपति कात्तर नीतिको
यहाँ कुनै अर्थ छैन्
व्यर्थ छ,
अलपत्र छ,
यहाँको ऐन कानुन
त्यसैले महासय,
वडाको कानुन वडाले नै जानुन ।
Comments