Skip to main content

खोजी प्रतिभाकोमा महानायक नाच्दा...

श्रावण ४,
बुधबार राती सम्पन्न एसियन पेन्टस खोजी प्रतिभाको फाईनल कार्यक्रममा उपस्थित भएका महानायक राजेश हमालले आफू अभिनित फिल्म मायाज बारको दिल खोलेर प्रोमोशन गरे । बिशेषत फिल्मकै प्रोमोशनका लागि पुगेका हमालले आफ्नो भुमिका र निर्देशक दिनेश डिसीको प्रशंशा गर्न भुलेनन् । उनले आफूलाई मायाज बारमा बिशेष भुमिकामा प्रस्तुत गराएकोमा निर्देशक डिसी प्रति आभार प्रकट पनि गरे । 

बिशेषगरी त उनी कार्यक्रममा दर्शकसँग मज्जाले नाचे । खोजी प्रतिभाको कार्यक्रममा तेर्‍हथुमका बिक्रम लिम्बु बिजयी घोषित भए लग्गतै खुसी मनाईरहेका उनका आफन्त तथा साथीभाईको बिचमा पुगेर हमाल बिजयी लिम्बुले गाएको गीतमा लाज नमानी नाचे
। हमाल नाचेपछि कार्यक्रममा थप रौनकता थपिएको थियो । हमालले बिजेता लिम्बुलाई बधाई तथा अझ सफलताको कामना गरे । श्रावण १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मायाज बार' को प्रोमोशनका लागि नै भनेर नायिका करिष्मा मानन्धरलाई पनि कार्यक्रममा हमालको साथमा प्रमुख अतिथीको रूपमा डाकिएको थियो ।

यस्तै प्रोमोशन गर्ने क्रममा हिरो गजित बिष्टले मायाज बारको शिर्ष गीतमा आफ्नो आकर्षक डान्स प्रस्तुत गरेका थिए भने गायिका दुर्गा परियारले अर्को चर्चित गीत 'सर सर...' गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिईन् । कार्यक्रममा निर्माता सुनिल मानन्धरलाई पनि बिशेष अतिथी बनाईएको थियो ।





source:filmykhabar

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।