श्रावन ४,
साउन ५ गतेदेखि रिलिज हुने भनिएको फिल्म ‘ज्यान हाजिर छ’ को पोस्टर र प्रचारमा नआएपनि महानायक राजेश हमाल विशेष भूमिकामा देखिने छन् । यस सिनेमामा निर्देशक बद्री अधिकारीका अनुसार राजेश हमाल एक अभिभावकको भूमिकामा देखिदैछन् । बद्री अधिकारीको निर्माण समेत रहेको यस सिनेमामा अधिकांश नयाँ अनुहारहरुले अभिनय गरेका छन् । सामाजिक प्रेमकथात्मक यस सिनेमामा युवापुस्ताहरुमा बढिरहेको सामाजिक गैरजिम्मेवारीपनालाई देखाउन खोजिएको छ । सिनेमा सन्देशमूलक, मनोरञ्जनात्मक भएको निर्माण पक्षको दावी छ ।
Comments