Skip to main content

कस्तो विण्डोज होला ८ ?

श्रावन ४,
माइक्रोसफ्टले कम्प्यूटर अपरेटिङ सिस्टम विण्डोज-8 लार्इ २६ अक्टोबरमा बाजारमा प्रस्तुत गर्दैछ । विश्व पर्सनल कम्प्यूटरबाट स्मार्टफोन र ट्याबलेटतर्फ आर्कषित हुँदै गएपछि उसले नयाँ अपरेटिंग सिस्टम तयार पारेको हो । माइक्रोसफ्टका प्रबन्धक ब्रान्डोन ली ब्लंकले बुधबार एक ब्लगमा माइक्रोसफ्टको विण्डोज विभागका प्रमुख स्टीवन सिनोफस्काईले विण्डोज-8 प्रस्तुत गर्ने तारीको घोषणा एक बैठकमा भएको जानकारी गराएका हुन् । २६ अक्टोबरमा विण्डोज-8 पेश गरिने छ । विण्डोज ८ को विशेषता भएको टचस्क्रिन हो । नयाँ माइक्रोसफ्ट सिस्टमको उपयोग टच र स्मार्टफोन वा ट्यावलेट पीसीसँगै डेस्कटप र ल्यापटपमा पनि गर्न सकिन्छ ।
१ सय ९ भाषाका साथ विण्डोज-8 विश्वभरका २ सय ३१ बाजारमा उपलब्ध हुनेछ । माइक्रोसफ्टले विण्डोज ८ लाई एक दशकपछिको अति महत्वपूर्ण अपडेट भनेको छ । यसमा आउने मेट्रो इन्टरफेसले प्रविधि प्रेमीहरुवीच प्रशंसा कमाइरहेको छ । मेट्रो बाहेक विण्डोज ८ मा पुरानो डेस्कटप इन्टरफेसको सुविधा पनि हुनेछ । विण्डो ८ ट्याबलेट र पिसी दुबै खाले कम्प्युटरलाई लक्षित गरि बनाईएको अपरेटिङ सिस्टम हो । बजारमा पहिलो ट्यावलेटका लागि उपयोगि एआरएममा आधारित भर्सन आउनेछ भने पछि इन्टेल र एएमडिका प्रोसेसर चल्ने पावरफुल भर्सन आउने छ । माइक्रोसफ्टको रिपोर्ट अनुसार कम्पनीले विण्डोज-7 की ६३ करोड इकाई बेचिसकेको छ । विण्डोज-7 अक्टोबर २००९ मा पेश गरिएको थियो ।



source:onlinekhabar

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।