Skip to main content

कस्तो विण्डोज होला ८ ?

श्रावन ४,
माइक्रोसफ्टले कम्प्यूटर अपरेटिङ सिस्टम विण्डोज-8 लार्इ २६ अक्टोबरमा बाजारमा प्रस्तुत गर्दैछ । विश्व पर्सनल कम्प्यूटरबाट स्मार्टफोन र ट्याबलेटतर्फ आर्कषित हुँदै गएपछि उसले नयाँ अपरेटिंग सिस्टम तयार पारेको हो । माइक्रोसफ्टका प्रबन्धक ब्रान्डोन ली ब्लंकले बुधबार एक ब्लगमा माइक्रोसफ्टको विण्डोज विभागका प्रमुख स्टीवन सिनोफस्काईले विण्डोज-8 प्रस्तुत गर्ने तारीको घोषणा एक बैठकमा भएको जानकारी गराएका हुन् । २६ अक्टोबरमा विण्डोज-8 पेश गरिने छ । विण्डोज ८ को विशेषता भएको टचस्क्रिन हो । नयाँ माइक्रोसफ्ट सिस्टमको उपयोग टच र स्मार्टफोन वा ट्यावलेट पीसीसँगै डेस्कटप र ल्यापटपमा पनि गर्न सकिन्छ ।
१ सय ९ भाषाका साथ विण्डोज-8 विश्वभरका २ सय ३१ बाजारमा उपलब्ध हुनेछ । माइक्रोसफ्टले विण्डोज ८ लाई एक दशकपछिको अति महत्वपूर्ण अपडेट भनेको छ । यसमा आउने मेट्रो इन्टरफेसले प्रविधि प्रेमीहरुवीच प्रशंसा कमाइरहेको छ । मेट्रो बाहेक विण्डोज ८ मा पुरानो डेस्कटप इन्टरफेसको सुविधा पनि हुनेछ । विण्डो ८ ट्याबलेट र पिसी दुबै खाले कम्प्युटरलाई लक्षित गरि बनाईएको अपरेटिङ सिस्टम हो । बजारमा पहिलो ट्यावलेटका लागि उपयोगि एआरएममा आधारित भर्सन आउनेछ भने पछि इन्टेल र एएमडिका प्रोसेसर चल्ने पावरफुल भर्सन आउने छ । माइक्रोसफ्टको रिपोर्ट अनुसार कम्पनीले विण्डोज-7 की ६३ करोड इकाई बेचिसकेको छ । विण्डोज-7 अक्टोबर २००९ मा पेश गरिएको थियो ।



source:onlinekhabar

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...