Skip to main content

नेपाली सोसल नेटवर्किङ साइट

श्रावण २०,

युवा र सोसल नेटवर्किङ साइट । एकअर्काको परिपूरकजस्तै भएका छन् । पछिल्लो तथ्यांक हेरौं । नेपालमा यसै साता १६ लाख ३१ हजार नेपाली फेसबुकमा जोडिएका छन् । पछिल्लो तीन महिना १५ प्रतिशतको दरले उपयोगकर्ता थपिए । यसैबीचमा फेसबुक प्रयोगकर्ताको संख्याका आधारमा विश्वको ७० औंबाट ६७ औं नम्बरमा उक्लिएको देशका ४६ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ उमेरका छन् । फेसबुकमा यति क्रेज देखाएर हामी मार्क जकरबर्गलाई धनी बनाउँदै छौं । जकरबर्गले केही समय छिटो यस्तो साइट विकास गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रचार गरे । त्यतिमात्र हो । हामी त्यसकै पछाडि दगुर्‍यौं । केही नेपालीले फेसबुकभन्दा धेरै फिचर भएका नेटवर्किङ साइट बनाएका छन् । तिनमा धेरै नेपाली आबद्ध भएका पनि छन् । तिनलाई प्रयोग गर्दा नेपालीपनको अनुभूति हुन्छ । फेसबुककै हाराहारीमा (अझ त्यसभन्दा बढी) सुविधा भएका यस्ता साइटमा हामी किन आबद्ध नहुने ?

नेपालीले मेरोपोस्ट डटकम, नमस्तेमित्र डटकम, सँगालो डटकम, नेपालनेपाल डटकम, लाइभनेपाल डटकम, हाम्रोबुक डटकमलगायतका साइटहरूले नेपालीलाई एकअर्कासँग जोडिरहेका छन् । कम्प्युटर इन्जिनियरिङका विद्यार्थी सुनिल चौलागाईंले सुरु गरेको मेरोपोस्ट डटकममा ३२ हजार ५ सय जोडिएका छन् । सोसल नेटवर्किङमा युवाको क्रेज देखेर नेपालीलाई आफ्नै सञ्जाल उपलब्ध गराउन कर्पोरेट हाउस सुस्मित इन्टरनेसनलले भर्खर यसमा लगानी गरेको छ । फेसबुकमा हुने सबै सुविधाका अतिरिक्त यसमा आफ्नै प्रकारले पेज डिजाइन गर्ने सुविधा छ । स्ट्याटस बारमा नेपाली युनिकोडमै टाइप गर्न सकिने यो साइटले अश्लील शब्द आफैंले थाहा पाएर पोस्ट हुन नदिने सुस्मितका कार्यकारी अधिकृत सुशील पोखरेल बताउँछन् ।

यसमा एकाउन्ट बनाउन व्यक्तिको आइडेन्टिटी दिने कुनै कार्डको प्रतिलिपि पोस्ट अनिवार्य छ । 'आईडी कार्डबाट वास्तविक व्यक्ति प्रमाणित भएपछि मात्र यसमा खाता खोल्न सकिन्छ,' पोखरेलले भने । भिडियो च्याट, ग्रुप डिस्कसनलगायतका सुविधा भएको यसमा व्यक्तिले निःशुल्क क्लासिफाइड विज्ञापनसमेत गर्न सक्छन् । बेल्जियममा बस्दै आएका सुदर्शन सिंखडाले नेपाली पहिचान झल्कने 'नमस्ते मित्र' नाममा सुरु गरेको सामाजिक सञ्जालले फेसबुकमा भन्दा बढी दर्जन सुविधा दिँदै आएको दाबी छ । हालै स्काइपबाट गफिँदै सिंखडाले फेसबुकबाहेक आफ्नो साइटले दिने सुविधाको फेहरिस्त सुनाए । मार्केट प्लेस, ब्लग, फोरम, सब्स्िक्रप्सन प्याकेज, मोनेटाइज, डिजाइन प्रोफाइल, भिडियो लाइब्रेरी, म्युजिक लाइब्रेरी, सेन्ड फाइल, हेन्डराइट मेसेज, राइट इन योर ल्यांग्वेजलगायतका सुविधा आफ्नो साइटमा मात्र रहेको उनले बताए ।

यसमा सफ्टवेयर डाउनलोड नगरी भिडियो च्याट, तुरुन्तै भिडियोलगायतका फाइल साथीलाई सेन्ड गर्न सकिन्छ । यसको अर्को युनिक विशेषता प्रयोगकर्ताले आफैं एप्स बनाएर अपलोड गर्न सक्छन् । साइटले विश्वभर छरिएर रहेका गैरआवासीयसहित नेपालीलाई समेट्ने लक्ष्य लिएको सिंखडाले बताए । यसमा निश्चित सर्कल बनाएर त्यो समूहलाई मात्र सन्देश पठाउने सुविधा छ । प्रयोगकर्ताले यो साइटमार्फत अरूले राखेको सामान किन्न र आफ्नो सामान बिक्रीमा पनि राख्न सक्छन् । पि्रन्सटन मिडियाले विकास गरेको सँगालो डटकमले फेसबुकले दिनेजस्तै सुविधा दिँदै आएको छ । यसमा बिजनेस डाइरेक्ट्री लिस्टिङ, क्लासिफाइड लिस्टिङ, सामान खरिदबिक्री, जब पोस्टिङ एन्ड सर्चलगायतका थप विशेषता रहेको मिडियाका रघु क्षितिजले बताए ।

प्रयोगकर्ताले साइटमा आफ्नो रजिस्टर गरेपछि साइट भिजिट गर्दा गरिने क्रियाकलापको आधारमा प्वाइन्ट थपिँदै जान्छ । त्यसलाई प्रयोग गरेर अरूलाई गिफ्टसमेत पठाउन सकिन्छ । विश्वभर रहेका नेपालीलाई एउटै साइटले जोड्न लाइभ नेपाल डटकम बनाएको निर्माताको दाबी छ । वाल, इन्फो, इभेन्ट, म्युजिक, फोटो, भिडियोलगायत पोस्ट गर्ने सुविधा दिएको हाम्रोबुकले फेसबुकले जस्तै 'यो निःशुल्क छ र सधैं रहनेछ' भनेर प्रयोगकर्तालाई आश्वस्त पार्न खोजेको छ । साथी बनाउने, साथीहरूसँग छलफल गर्ने, ब्लग लेख्ने, च्याट गर्ने, भिडियो सेयर गर्ने, संगीत अपलोड/लाउनलोड गर्ने, आन्तरिक रूपमा एकअर्कालाई इमेल गर्ने, बिजनेस डाइरेक्टरी खोज्नेलगायतका सुविधा नेपालनेपाल डटकमले दिएको छ । फेसबुक, गुगलप्लसलगायतका विदेशी सामाजिक सञ्जालले हाम्रो सूचना अर्को देशमा स्टक गर्छन् । 

सामाजिक सञ्जालको प्रयोग गरी हुने अपराध नियन्त्रण गर्न तिनका सञ्चालकले सूचना उपलब्ध गराएर सहयोग नगर्दा सुरक्षा निकायले त्यति सफलता हात पार्न सकेको छैन । 'नेपाली सञ्जाल नेपालको कानुनअनुसार सञ्चालन हुने हुँदा त्यस्तो समस्या भोग्नु पर्दैन,' मेरोपोस्टका पोखरेल भन्छन्, 'अन्तर्राष्ट्रिय सञ्जालले दिने सुविधाजत्तिकै नेपाली साइटमा पाए किन अर्को खोज्ने ? 'नमस्ते मित्रका सञ्चालक सिंखडा पनि विदेशी सञ्जाल चलाउँदा देशका गोप्य सूचना, रकम र डाटा विदेशिने खतरा हुने बताउँछन् । 'नेपालीकै साइट चलाउँदा रोजगारमा समेत टेवा पुग्छ,' उनले भने, 'आफ्नोपनको अनुभूति पनि हुन्छ ।' के विचार छ ?

साभार:इकान्तिपुर डट कम

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide