Skip to main content

टाइगर झन गर्जिदै

भदौ १,
भारतमा लभगभ ३५ करोड भारुको ओपनिङ गर्दै नयाँ रेर्कड राखेको सिनेमा ‘एक था टाइगर’ नेपाली हलवालाहरुको लागि पनि फाइदाको ब्यापार सावित हुदैगइरहेको छ । जसका कारण राम्रो कमाइ हुने आशले हत्तपत्त हिन्दी फिल्मी नलगाउने हलहरुले पनि ‘एक था टाइगर’ लाई लगाएका छन् ।बुधवारबाट रिलिज भएको सिनेमा ‘एक था टाइगर’ हेर्नेको क्रेजलाई क्यास गर्न क्यू एफ एक्सले आफू अन्तर्गतका ६ वटा हलहरु सबैमा सबै शो मा ‘एक था टाइगर’ लगाएको छ ।



क्यु एफ एक्सको बजार हेर्ने सुरेन्द्र थापाका अनुसार शुक्रवार र शनिवार सिनेमा हेर्न धेरै दर्शक आउने भएकाले सबैमा ‘एक था टाइगर’ लगाइएको हो । सिमित हलमा मात्र लगाउदा ‘एक था टाइगर’ हेर्न आउने दर्शकहरु टिकट नपाएर त्यसै नर्फकिउन भन्ने हेतुले पनि सबै हलमा लगाइएको हो । यसले राम्रो प्रतिफल दिने आशा पनि सुरेन्द्रले गरे । ‘एक था टाइगर’ आज र भोलि मात्र सबै हलमा लाग्नेछ भने आइतवारबाट अरु सिनेमाहरु पनि यथावत लगाइनेछ ।


‘एक था टाइगर’ हत्तपत्ति हिन्दी सिनेमा नलाग्ने अष्टनारायाण हल वालाजु , गंगा हल लगायतका हलहरुमा पनि लगाइएको छ । नेपाली सिनेमाको ब्यापारको लागि राम्रो मानिने यी हलहरुमा पनि ‘एक था टाइगर’ लाग्नुले यो सिनेमा राम्रो रहेको बुझ्न सकिन्छ ।


यसैगरी ‘एक था टाइगर’ लाई नेपालमा डिस्टिब्युट गरेको क्यूव पनि यसको वितरणबाट घाटामा नजाने देखिएको छ । गोपिकृष्ण हलका म्यानेजर प्रदीप दाहालले लगभग नेपाली एक करोडमा किनिएको यस सिनेमाबाट घाटा नहुने निश्चित भएको बताए । यसैगरी दाहालले ‘एक था टाइगर’ बाट कति नाफा हुन्छ भन्ने कुरा चाहि केही समयपछि थाहा हुने पनि बताए । यस सँगसँगै यो सिनेमा सलमान खानका यसअघिका सिनेमा ‘दवङ’ र ‘वडीगार्ड’ को जस्तो रेसियोमा नजाने अनुमान पनि लगाए ।


साभार : मेरो सिनेमा

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।