Skip to main content

टेलिकमले एनसेलमा ‘कल फरवार्ड’ रोक्यो

साउन २३,
एनसेलले प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका ग्राहक तान्ने अभियान थालेपछि नेपाल टेलिकमले एनसेलका लागि कल फरवार्ड सुविधा काटेको छ । टेलिकम स्रोतका अनुसार एनसेलले टेलिकमका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताको नम्बरसँग मिल्ने नम्बर दिने एनसेलको ‘माइ न्यू नम्बर’ योजनाका लागि एनसेलले कलफरवार्ड सुविधाको दुरुपयोग गरेपछि टेलिकमले आफ्नो नेटवर्कका मोबाइलबाट एनसेलमा कल फरवार्ड सुविधा बन्द गरेको हो । ‘केहि समयका लागि रोकिएको हो, दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि खुल्न सक्छ’ टेलिकम स्रोतले भन्यो । एनसेलले प्रतिस्पर्धी कम्पनीका ग्राहकलाई आफ्नो नेटवर्कमा आकषिर्त गर्न ‘एनसेल प्रो’ योजनामा विभिन्न सुविधा दिँदै आएको छ । टेलिकमबाट एनसेलको नेटवर्कमा सर्न चाहनेले चलाइरहेको टेलिकमको नम्बर एनसेलममा जानकारी गराएपछि एनसेलको त्यही नम्बर दिने गरेको छ ।

टेलिकमको मोबाइलबाट एनसेलमा कल फरवार्ड गरेपछि एनसेलले उक्त नम्बरमा फोन गर्नेजति सबैलाई सम्बन्धित व्यक्तिको नम्बर परिवर्तन भएको भनेर एनसेलको नम्बर दिने र टेलिकमको मोबाइलमा भने फलानो नम्बरबाट कल गर्ने प्रयास भएको थियो भन्ने सन्देश दिने गरेको थियो । टेलिकमका ग्राहकलाई एनसेलले तान्न खोजेपछि टेलिकमले एनसेलमा कल फरवार्ड रोकेपछि यो योजना अहिले रोकिएको एनसेलले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, ‘नेपाल टेलिकमले यस योजनामा आपत्ति जनाएपछि हामीले यसको प्रमोसन नै रोकिरहेका छौं ।’ यस विषयलाई लिएर नेपाल टेलिकम नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा जाने भएको छ । नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र प्रसाद थिकेले त्यसखालको गतिविधि भएपछि टेलिकम प्राधिकरण जान लागेको जानकारी दिए । एनसेलले गलत प्रतिस्पर्धात्मक गतिविधि गरे टेलिकमले पनि त्यसै अनुसारको रणनीति बनाउने बताए ।

स्रोत : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।