चीनका एक सात वर्षीय बालक आफ्नो अद्भुत क्षमताका कारण अहिले विश्वभरी नै चर्चित बनेका छन् । चीनको चुझहाउका बासिन्दा यांग जिन्लोङ साँच्चीकै सेलिब्रेटी बनेका छन् ।सात वर्षमै ५० किलो तौल भएका यी बालक साँच्चीकै हनुमान जस्तै बलवान छन् । यिनले आफ्ना बुवाले चढ्ने गरेको कार सजिलैसँग तानेर गुडाउँछन् । अन्नले भरिएका ठूला ठूला बोरा समेत सजिलै उचालेर काँधमा राख्छन् । पावरहाउस नामले चर्चित यी बालक निकै बलशाली छन् । हालै उनले आफ्नो सरीरमा रस्सीले बाँधेर १.८५ टन वजन भएको भ्यानलाई सडकमा लतारे ।
source-onlinekhabar

Comments