Skip to main content

घरैवाट भर्न सकिन्छ डिभी चिठ्ठा


 नेपाली युवाको मन मष्तिष्कमा अहिल्य एउटै विषयले डेरा जमाएको छ त्यो हो (ELECTRONIC DIVERSITY VISA)   डिभी चिठ्ठा । साधारण व्यक्तिदेखी  उच्च पदस्थ व्यक्तिहरुले समेत अमेरिका जाने सपना वोकेर डिभी चिठ्ठा भर्ने गरेका छन् । गएको अक्टोवर २ ताखिरदेखी आउदो नोभेम्वर ३,२०१२ सम्म सन् २०१४ को लागी डिभी कार्यक्रम अनलाईन मार्फत खुल्ला गरिएको छ । यहि डिभीको नाममा बजारमा धेरै सघंसस्थाले अहिल्य नै पैसा कमाउने समय भन्दै मौकामा चौका हानिरहेका छन् । डिभी भर्नको लागी कुनै शुल्न तिर्न नपर्ने भएपनी चर्को शुल्क असुरलिरहेका  छन् । काठमाण्डौ उपत्यकामा एकसयदेखी ३ सय रुपैयाँ सम्म शुल्क लिने गरेको डिभी भरेर फर्किनेहरु वताउछन् । त्यस्तै काठमाण्डौ भन्दा वाहिरका जिल्लाहरुमा पाचँ रुपैयाँ सयसम्म लिने गरेको वताईएको छ । अनलाईनमा पैसा तिर्नुपर्छ, ईन्टरनेट खर्च लाग्छ, कम्प्युटरमा लामो समय काम हुन्छ भन्दै चर्को शुल्य लिने गरेको पाईएको छ । त्यसो त डिभी भर्न इच्छुक मानिसहरुमा पनी एउटा ठुलो भ्रमले जरा गाडेको छ त्यो हो आफैले भर्न सकिन्न, त्यस्ता सस्थाहरुमा भरेका डिभी मात्रै मान्य हुन्छ  । त्यस्ता सोचाई र मानसिकता भ्रम मात्रै हो ।


केहि समय अघि मात्रै नेपालका लागी अमेरिकन दुतावासले सघंसस्थाहरुले डिभीको नाममा पैसा असुल्ने काम गरेको भन्दै कारवहिको लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने भनेर चेतावनी दिईसकेको छ ।  यसवाट पनी के वुझ्न सकिन्छ आफैले घर तथा कार्यालयवाटै भरिएको डिभीले पनी उत्तिकै मान्यता पाउछ । तपाईसगँ कम्प्युटर र ईन्टनेटको पहुँच हुदाहुदै पनी पैसा तिरेरै डिभी भर्ने सोचमा हुनुहुन्छ भने वेकारमा पैसा खर्च गरिहरनुभएको छ । कसरी भर्ने त डिभी ? 

डिभी भर्नको लागी एक मात्र आधिकारीक बेवसाईट डिभीलट्री डटस्टेट डटजिओभी www.dvlottery.state.gov मा जान आवश्यक छ । यो साईटको पहिलो पेजमै धेरै जानकारी देख्न र पढ्न सकिन्छ । जस्तै कसरी डिभी भर्ने,कस्ता कुरामा होशियारी अपनाउने,फोटो, व्यक्तिगत विवरण के कस्तो हुनुपर्छ आदि ईत्यादी ।  अन्य जानकारी भर्न थाल्नुभन्दा पहिले खिचिएको फोटोमा ध्यान दिन आवश्यक छ । डिभिको लागी खिचिएको  फोटो साधारण हुनुपर्छ । आकर्षण देखाउन फोटोशपवाट चम्काउने तथा फुलवुटा भर्ने काम भर्नुहुदैन भने व्याकग्राउण्ड सादा हुन आवश्यक छ । आफु जस्तो फोटोपनी त्यस्तै (नेचुरल) हुनुपर्छ । अनुहार र जिउको वनावट साथै उचाई, चौडाईको लागी यो  स्केचवाट पनी प्रश्ट हुन सकिन्छ  

 फोटो तयार भईसकेपछि दोश्रो स्टेपमा जानु पर्ने हुन्छ  ( Being entry) ।  विस्तृत वायोडाटा भर्नको लागी देखिएको पाचँ अग्रेजी अक्षर वक्समा टाईप गरी तेश्रो   स्टेपमा जान सकिन्छ । तेश्रो स्टेपमा गईसकेपछि नाम ( अन्तिम,पहिलो विचको ), जन्ममिति (दिन,महिना,वर्ष) लिङ्ग (महिला/पुरुष ), जम्नेको ठाउँ, राष्ट्र टाईप गर्नुपर्ने ठाउँ र फोटो अपलोड गर्ने ठाउँ देखिनेछ । साथै फोन नम्वर,शहरको ठेगाना, पोष्ट र जिप कोड, शिक्षा,वैवाहिक अवस्था र लगायत अन्त्यमा ईमेल आईडी राखेर कन्टिन्यू बक्समा क्लिक सक्नपर्ने हुन्छ र सवै जानकारी सहि भएपछि अन्तिम ओके गर्नुपर्छ । अव तपाईले सजिलै डिभि भर्नुभयो । डिभी भरिसकेपछि प्रमाण स्वरुप तपाईले एउटा पेटमा सर्टिफिकेट देख्नुहुन्छ त्यसलाई ईन्टरनेट व्राउजर सहित सेभ गरेर राख्न सक्नुहुन्छ भने एक प्रती प्रिन्ट गरेर हार्डकपी पनी सुरक्षित राख्दा राम्रो हुन्छ । तपाईले भर्नुभएको डिभीको नतिजा करिव ६ महिनापछि निस्कन्छ ।

 डिभीको नतिजा डिभीलट्री डटस्टेट डटजिओभी -www.dvlottery.state.gov वाटै थाहा पाउन सकिन्छ । तर तपाईको ईमेल एकाण्टमा, वधाई छ तपाईले डिभी चिठ्ठा पाउन सफल हुनुभयो, जस्ता इमेलहरु आउन सक्छन् । साथै थप प्रक्रियाको लागी  शुल्क तिर्नु पर्छ , त्यसपछि तपाई अमेरिका जान सक्नुहुन्छ जस्ता ईमेलले पनी झुक्काउन सक्छन् ।  ती त्यस्ता प्रकारका ईमेल देखेर मख्ख नपर्नुस्  ती सवै ठ्ग्ने धन्दा मात्र हुन्  । त्यस्ता प्रलोभनमा पर्नु भनेको ठगिनु हो ।  विकसोन्मुख देशका नागरिकहरु अशिक्षित हुन्छन्, झुक्काएर ठग्न सजिलो हुन्छ भनेरपनी धेरै प्रपोगाण्डा सहितको ईमेल आएमा त्यस्ता इमेल डिजिल गर्न अथवा नेपालका लागी अमेरिकन दुतावासको ईमेल आईडी ( usembktm@state.gov  ) मा फरवार्ड गरिदिन सक्नुहुन्छ । 

-शान्ति विक्रम गौतम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...