Skip to main content

सिन्धुली मरिण खोलाको पुल अलपत्र


सिन्धुली, मसिंर १२ । 
नेपाल सरकारले वैकल्पीक राजमार्गको रुपमा महत्व दिएर निर्माण भैरहेको हेटौडा–सिन्धुली–गाईघाट–धरान चतरा सडकमा पर्ने सिन्धुलीको डाडीगँुरासे गाविस जोड्ने पक्की पुल निर्माण थालेको तिन वर्ष भैसक्दा पनि अझै निर्माण कार्य सम्पन्न भईसकेको छैन । ठेकेदारको लापरवाहीको कारण पुल निर्माणमा ढिलाई भएको स्थानिय वासिन्दाहरुले गुनासो गरेको छन् । सो पुल जाइका नेपालको ४ करोड सहयोगमा निर्माण थालीएको हो । सिन्धुली सदरमुकामलाई जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने एक मात्र महत्वपुर्ण पुल हो । सो पुल निर्माण पछि वर्षादमा पनि डाडीगुराँसे,हादेवस्थान तथा कपिलाकोट गाँउ विकास समिती सम्म करिव २० किलोमिटर सहजै यातायातका सधानको पहुँच पुग्ने छ । 

डाडीगाविसको मरिण खोलामा २०६७ मंसिर देखी सगरमाथा–रौताहा–घिमिरे जेभी कन्स्ट्रक्शनले काम गर्न थालेको हो । ०६९ साल जेठ मसान्त सम्म नेपाल सरकारलाई वुझाई सक्नु पर्ने पुलको काम चालिस प्रतिशत पनि भएको छैन । सो पुलको ६ वटा पिलर मध्ये तिन वर्षमा ठेकेदारले ४ वटा मात्रै पिलर वनाएको छ भने दुई वटा पिलर वनाउ वाँकीनै । पुलको साइडप्रोटेक्शनको सवै काम वाँकी छ । 

हेटौडा–सिन्धुली–धरान चतरा वैकल्पीक सडकमा पर्ने मरिण खोलाको पुल निर्माणमा ढिलासुस्ती हुँदा त्यस क्षेत्रका हजारौं जता प्रभावित वनेका छन् ।
डाडीगुँरासेका स्थानिय वासिन्दा वैकुण्ठप्रसाद ढकालले जाइका नेपालले सहयोगमा निर्माण गर्न थालेको परिण खोलाको पुल निर्माण गर्न ठेकेदारले ढीलासुस्ती गरिदिँदा हजारौं जनताले दुःख पाएको वताउँ छन् । पुल निर्माण स्थलमा मुख्य ठेकेदारहरु कहिन्यै आउदैनन् । काम गर्न जनशक्ति पनि त्यती प्रयोग छैन् ढकालले भने । पुल चाडो निर्माणको लागी दवाव दिने स्थान नदेखेकोले हामीहरु चुप लागेर वसेका छौ ढकालले भन्नुभयो । 
 पुल निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती मरिण क्षेत्रका हजारौं जनतालाई प्रत्यक्ष प्रभाव पारेको एमाओवादीका स्थानिय नेता गणेश वुढाथोलीले वताउनुभयो । पुल निर्माण गर्न ढिला सुस्ती भयो भन्ने ठाउँ पनि छैन उहाँले भन्नुभयो । काम लगाउने इन्जीनियर कता छन् । काम कस्को गाईड लाइनमा चलेको हुन्छ पत्तै हुँदैन उहाँले भन्नुभयो । काम भएका जिल्लाहरुमा प्राविधिक पक्षको कार्यालय भए अनुगमन गर्न सजिलो हुने माओवादी नेता वुढाथोकीको भनाइ छ । पुल निर्माण स्थलमा मरिण खोलामा जाइका नेपालका इन्जीनियरहरु तथा निर्माण व्यवसायी दुवै भेट्न सकिदैन । सो निर्माणको काम ठेकेदारले वन्द गरेका हुन् ।

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।