मंसिर १३
उदयपुरको ओख्ले गाविस वडा नं. ८ का तोपबहादुर ठकुरीले सुन्तला खेतीबाट सोचेभन्दा बढि आम्दानी गर्नुभएको छ । ४२ बर्षिय ठकुरीले आप्mनै ११ रोपनी जग्गामा गरेको सुन्तलाखेतीबाट यो बर्ष ७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएको हो । सुन्तलाको बोटमा पातलो फल देखिए पनि ठूलो दाना फलेकोले बढी आम्दानी पाएको उहाँले बताउनुभयो ।
२०६२ सालतिर तीनसय सुन्तलाको विरुवा रोपेर सुन्तला खेती सुरु गर्नुभएका उहाँले ६६ सालदेखि आम्दानी गर्न थालेको बताउनुभयो । कार्तिकदेखि अहिलेसमम उहाले सुन्तला गाउँमा २७ रुपैयाँ प्रति केजीको दरले चारलाख ५० हजारको बिक्री गरिसकेको बताउनुभयो । ठकुरीको बगानमा सुन्तलाका साथै, जुनार, कागती र अनारलगायत फलफुल छन् ।
स्रोत : सिन्धुली दर्पण
Comments