मंसिर १२
नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड ६५ लाख पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क बिभागले नेपालमा महिला करिब एक करोड ३६ लाख अर्थात ५१ दशमलव ५० प्रतिशत र पुरुषको जनसङ्ख्या करिब एक करोड २९ लाख अर्थात् ४८ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । राष्ट्रिय योजना आयोग सिंहदरबारमा हिजो आयोजित एक कार्यक्रमका बीच प्रधानन्त्री डा बाबुराम भट्टराईले २०६८ सालमा लिइएको जनगणनाको प्रतिबेदन सार्वजनिक गर्नुभएको हो । लैङ्गिक अनुपातको आधारमा प्रति १ सय महिलामा पुरुषको सङ्ख्या ९४ दशम्लव एक ६ रहेको छ । २० ५८ सालमा लिइएको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको थियो ।
सार्बजनिक गरिएको प्रतिबेदन अनुसार नेपालका वार्षिक जनसङ्ख्या बृद्विदर १ दशम्लव तीन पाँच प्रतिशत रहेको छ । सबैभन्दा धेरै जन सङ्ख्या काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा ६ हजार ५ सय ३८ रहेको पनि प्रतिबेदनमा उल्लेखछ । भौगोलिक क्षेत्र अनुसार भने तराईमा सबैभन्दा बढि ५० दशम्लव दुई सात अर्थात १ करोड ३३ लाख १८ हजार ७ सय ५ जनसङ्ख्या रहेको छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा ६ दशम्लब सात तीन अर्थात १७ लाख ८१ हजार ७ सय ९२ जनसङ्ख्या पुगेको छ । पहाडी क्षेत्रमा भने ४३ दशम्लव शून्य एक अर्थात १ करोड १३ लाख९४ हजार ७ रहेको प्रतिबेदनमा जनाइएको छ । प्रतिबेदनका अनुसार विदेशमा बसोबास गर्ने नेपाली नागरिकको सङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको छ । १० बर्षअघि भने विदेशमा बसोबास गर्ने नेपाली नागरिकको सङ्ख्या ७ लाख ६२ हजार १ सय ८१ थियो ।
जनगणनाको प्रतिबेदनमा नेपालमा जम्मा १ सय २५ ओटा जातजाति रहेको पाइएको छ । यसअघि कुल जनसङ्ख्याको १५ दशमलब ८ प्रतिशत रहेको क्षेत्रीको जनसङ्ख्या बढेर १६ दशम्लब ६ प्रतिशत पुगेको छ । पहाडी ब्राहमणको जनसङ्ख्या १२ दशम्लव २ रहेको छ भने तस्रो स्थानमा मगर, चौथो स्थानमा थारु र पाँचौ स्थानमा तामाङ जातजाति रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।