Skip to main content

घुस खाने सरकारी वकिल निलम्बित


महान्यायाधीवक्ताको कार्यालयले घुस खाने सरकारी वकिल राजेन्द्रबहादुर बस्नेतलाई हिजो निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागमा अनुसन्धान अधिकृत बस्नेत विरुद्ध एक समूहले छद्म भेषमा गोप्य भिडियो क्यामेरा जडान गरी घुस लिएको दृश्य खिचेको थियो । त्यो सार्बजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनलाई निलम्बन गरेको छ । उक्त कार्यालयका प्रवक्ता युवराज सुवेदीका अनुसार बस्नेतमाथि छानबिन गर्न सहन्यायाधीवक्ता विनोद पोखरेलको अध्यक्षतामा एक सदस्यीय छानबिन समिति पनि गठन भएको छ । बस्नेतमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले अख्तियारलाई पत्र पनि लेखेको सुवेदीले बताए । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिद्वारा सात दिनको म्याद थप  मुख्य तीन दल र मधेसी मोर्चाको आग्रहमा राष्ट्रपति डा. रामबरण यादवले सहमतीय सरकार गठनका लागि पुनः सात दिन थप गर्नुभएको छ । राष्ट्रपतिले दिएको समयभित्र सहमतीय सरकार निर्माणका लागि दलहरु असफल भएपछि रष्ट्रपतिले थप समय उपलब्ध गराउनुभएको हो । हिजो बेलुका मुख्य दलका शीर्ष नेताले राष्ट्रपतिलाई थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide