Skip to main content

सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै


मंसिर १२
सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै गएको छ । सदरमुकाममा मात्रै करिव एक दर्जनको हाराहारीमा चटपटे व्यवसायीहरु छन् भने सदरमुकाम वाहिर पनि प्रत्येक टोलटोल तथा चोकचोकमा यो व्यवसाय गर्नेहरु उत्तिकै छन् । सिन्धुली माडिवजारमा विगत २० वर्षदेखि चटपटे व्यवसाय गर्नेहरु अहिले पनि सोहि व्यवसायमा तल्लिन छन् । माडिवजारको वस काउन्टर नजिकै, शान्तिनगरचोक, रातमाटा, २ नम्वर वजार, माझिटार, ढुंग्रेवास, मिलनचोक, पानीट्यांकी, धुरावजार देखि गाविसका प्रत्येक टोलटोलमा समेत चटपटे व्यवसाय सुरु भएको छ । चटपटे व्यवसायवाट मासिक १० देखि १५ हजारसम्म आम्दानि हुने गरेको केहि चटपटे व्यवासायिहरुको भनाई छ । यहि व्यवासयवाट परिवार पालेर पनि सदरमुकाममा जग्गा किनेको चटपटे व्यवसायी धु्रव शाहले वताउनुभयो । अमिलो पिरो प्राय सवैले मन पराउने हुनाले चटपटेमा सवैको ध्यान जान्छ । 

तर त्यसमा प्रयोग गरिने केहि सामानहरुले स्वास्थ्यमा पनि उत्तिकै असर गर्ने भएकाले त्यस्ता वस्तुहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको भनाई छ । साथै चटपटे व्यवासायिहरुले सरसफाईमा ध्यान दिनुपर्ने उपभोक्ताहरु वताउँछन् । त्यस्तै सर्लाही ईश्वरपुरकी एक महिलाले चटपटे व्यवसायबाट राम्रो आम्दानी गरिरहनु भएको छ । तीन वर्षदेखि चटपटे व्यवसाय गर्दै आउनुभएकी ४५ वर्षीय निरमाया परियारले महिनामा १० हजार रुपैयाँ आम्दानी गरिरहनु भएको छ । तीन वर्षअघि अल्सर रोगबाट पीडित श्रीमानको उपचारमा खर्च भएको ४० हजार रुपैयाँ पनि आफूले चटपटे बेचेरै तिरेको परियारले बताउनुभयो । चटपटे बेचेरै फुलजोरमा उहाँले १० धुर घडेरी समेत जोड्नुभएको छ । 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

२०११ का टप टेन बलिउड फिल्म

पुष ११,  सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे : १.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।