Skip to main content

अब इमेलमा आउटलुकको मज्जा


माइक्रोसफ्टले इमेल सर्भिसको दुनियाामा एउटा नयाा लुक, केही उत्कृष्ट फिचर, भिन्नै नाम र पहिचानका साथ धमाकेदार पुनरागमन गरेको छ । माइक्रोसफ्टले आफ्नो पुरानो हटमेललाई नयाा नाम दिएको छ : आउटलुक । सन् २००४ मा गुगलले जिमेल सर्भिस शुरु गरेको थियो, जो छोटो समयमै हटमेल र याहुजस्ता ठूला प्रतिस्पर्धीलाई उछिन्दै निकै लोकप्रिय बनेको थियो । त्यसका बाबजुद पनि comscore.com का अनुसार हटमेलका ३ सय २४ मिलियन, याहुका २ सय ९० मिलियन र जिमेलका २ सय ७८ मिलियन युजर छन् । सबैभन्दा धेरै युजर भए तापनि ती सबै जिमेलतिरै आकर्षित भएका कारण जिमेललाई टक्कर दिनकै लागि पनि नयाा सर्भिस शुरु गरेको छ माइक्रोसफ्टले ।

प्रिभ्यू भर्जनमै रहेको आउटलुकमा @outlook.com मा एकाउन्ट बनाउनका लागि outlook.com मा साइन अप गर्न सकिन्छ । यसका अतिरिक्त हटमेल, लाइभ र एमएसएनको एकाउन्ट भएका युजरहरूले पनि यो नयाा सर्भिसमा अपग्रेड गर्न सक्छन् । पुराना युजरहरूले कहिलेसम्म @hotmail.com को एकाउन्ट युज गर्न पाउने हो, त्यसबारेमा माइक्रोसफ्टले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

माइक्रोसफ्टले अहिले आउटलुकमा थुप्रै फिचरहरू अपडेट गरेको छ । यसमा इस्प्याम फिल्टरिङलाई अझ सशक्त बनाइएको छ । मेलबक्स क्लिनअप, चाडै लोड हुने इन्टरफेस र ठूलो साइजका फाइलहरू स्काई ड्राइभका माध्यमबाट एटयाच गर्न सकिने यसका अरू फिचरहरू हुन् । स्काई ड्राइभ माइक्रोसफ्टको वेबस्टोरेज सर्भिस हो, जसमा कम्प्युटरको हार्डडिस्कमा जस्तै डाटाहरू क्लाउड सर्भरमा स्टोर गर्न सकिन्छ । यसबाट ३ सय एमबीको एउटा सिङ्गल फाइल एटयाच गर्न सकिन्छ, जुन जिमेलको २५ एमबी फाइल साइज लिमिटभन्दा धेरै बढी हो । साथै, माइक्रोसफ्टले प्रत्येक युजरलाई आफ्नो क्लाउड स्टोरेज स्काई ड्राइभमा ७ जीबी स्पेस फ्री दिएको छ ।



आउटलुकको मेन आइकनको छेउमा एउटा ड्रप डाउन बटन देख्न सकिन्छ, जसमा पिपल, मेल, स्काई ड्राइभ र क्यालेन्डर एपहरूको लिङ्क विन्डोज ८ को मेट्रो एप स्टाइलमा राखिएको छ । आउटलुकको इनबक्स पहिलेको भन्दा र अरूको भन्दा निकै फास्ट लोडिङ, सिम्पल र क्लियर रहेको छ । आउटलुकले राइट क्लिक फिचर पनि थपेको छ, जसमा कुनै म्यासेजमा राइट क्लिक गर्नेबित्तिकै फरवार्ड, रिप्लाई आदि अप्सन प्रयोग गर्न सकिन्छ ।
सामान्यतया अरू मेल सर्भिसहरूमा राइट क्लिक गर्दा ब्राउजरको डिफल्ट अप्सनजस्तै ब्याक, रिलोड, स्टप आदि डिस्प्ले हुन्छ । साथै मेलमा एटयाच भएर आएका डकुमेण्ट्स, फोटो, भिडिओहरू छुट्टै फोल्डरहरूमा डिस्प्ले हुन्छ । आउटलुकले न्युजलेटर, सोसियल अपडेट्सहरूलाई अटोमेटिक क्याटगोराइज गरेर राखिदिन्छ, जसले गर्दा त्यस्ता मेलहरूलाई खोज्न र डिलिट गर्न सजिलो हुन्छ । यदि, कुनै न्युजलेटर तपाईंलाई रिसिभ गर्न मन छैन भने आउटलुकको अनसब्सक्रयाइब फिचर प्रयोग गर्न सक्नुहुन्छ । स्विप (Sweep_) फिचरबाट इनबक्सलाई सेडयुल क्लिनअप गरेर कुनै सेन्डरका पुराना मेलहरू डिलिट गरेर रिसेन्ट मेलहरू मात्र राख्न पनि सकिन्छ । स्विपले मल्टिपल सेन्डरहरूका सयौं बल्क मेलहरू केही सेकेन्डमै डिलिट गर्न सजिलो बनाएको छ ।

फेसबुक, ट्वीटरजस्ता सोसियल साइटहरू अब भिन्न रूपमा खोलिराख्नु पर्दैन । किनभने, यी साइटहरूलाई आउटलुकसागै कनेक्ट गर्न सकिन्छ । तपाईंका साथीहरूका प्रत्येक अपडेट्सहरू आउटलुकबाटै हेर्न मिल्छ । कुनै साथी फेसबुकमा अनलाइन छ भने आउटलुकको दाहिनेतर्फ रहेको यसको डिफल्ट च्याटबाट कुराकानी गर्न सक्नुहुन्छ । भविष्यमा च्याटमा स्काइपको भिडियो कलिङ पनि समावेश गर्ने कुरा माइक्रोसफ्टले गरेको छ ।

आउटलुकमा माइक्रोसफ्टको वर्ड, एक्सेल, पावरपोइन्टजस्ता सफ्टवेयरलाई वेब एप्लिकेशनका रूपमा राखिएको छ । तपाईंको कम्प्युटरमा अफिस प्याकेज इन्ष्टल छैन भने पनि मेलमा एटयाच भएर आएका डकुमेन्टहरू हेर्न सफ्टवेयर इन्ष्टल गरिराख्नु पर्दैन । ती डकुमेन्टलाई सोझै खोल्न, हेर्न, एडिट र सेभ गर्न सकिन्छ । हटमेलको यो नया इन्टरफेस र केही राम्रा फिचरहरू एकपटक तपाईं पनि प्रयोग गरेर हेर्नुहोस् र तपाईंको प्रतिक्रिया हामीसग पनि बााड्नुहोस् ।



source:livingwithict



Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide