मंसिर २१
सिन्धुलीको दुम्जा गाविसदेखि आँपघारी, सातदोवाटो, नेत्रकाली, चौकीडाँडा, आँपडाँडा, रामपुर हुँदै कपिलाकोट गाविसको मधुवनीसम्म जोड्ने मोटरवाटो मर्मत सुधार कार्य सम्पन्न भएको छ । स्थानियको ४ लाख ५० हजार ३ सय सत्तरी रुपँैया बरावरको जनश्रमदानमा उक्त मोटरवाटो मर्मत कार्य सम्पन्न भएको वाटो मर्मत सुधार समितिका अध्यक्ष वुद्धिमान स्याङ्तानले जानकारी दिनुभयो । आफ्नो गाउँ विकास गर्नका लागि सधँैभरी सरकारी तथा गैरसरकारी संघ सँस्थाको मात्रै मुख ताकेर वस्ने परिपाटिले गर्दा ग्रामिण क्षेत्रका सडकहरु निर्माण तथा मर्मत हुन नसकेको भन्दै स्थानियको पहलमा मोटरवाटो मर्मत गरिएको वताइएको छ । आगामि दिनमा उक्त मोटरवाटोलाई स्थायित्व दिनका लागि अन्य सरकारी निकायवाट पनि आर्थिक सहयोगको अपेक्षा गरिएको समितिका अध्यक्ष स्याङ्तानले वताउनुभयो ।
Comments