नारायण भण्डारी, रेडियो हाम्रो पहुँच, तुलसीपुर, दाङ
रगत सम्बन्धि रोग ए पलाष्टिक एमोनियाबाट पीडित दाङ हापुर ३ साइपुर की १० वर्षीया कुसुम बुढाथोकीको उपचारमा सहयोग गरिदिन पीडितको परिवारले आग्रह गरेको छ । दुई महिनादेखि ब्लड क्यान्सरबाट पीडित बालिका बुढाथोकिको अहिले शिविल अस्पताल काठमाण्डूमा उपचार भइरहेको छ । उपचारको क्रममा अहिलेसम्म ४ लाख रुपैयाँ बढी खर्च भइसकेको र अझै धेरै खर्च लाग्ने भएकोले उपचार गर्न आफूहरुको आर्थिक अवस्थाले नभ्याउने परिवारले जनाएको छ । बालिका काका टोपेन्द्र बुढाथोकीले आफ्नी छोरीको उपचार खर्चमा सहयोग गरिदिनमा सबैमा आग्रह गर्नुभएको छ । उहँले सहयोग गर्न चाहनले मोवाइल नम्वर ९८–४–७८–३१–२४९ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । यसैबीच दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुृउद्देश्यीय सहकारी संस्थाले बालिकाका काका टोपेन्दं्र बुढाथोकीको नाममा संस्थामै खाता खोलिदिएको छ । संसथाले उपचारमा सहयोग जुटाउन सहयोग जुटाउने उद्देश्यले संस्थामा निःशुल्क खाता खोलिदिएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । सहयोग गर्न चाहानेले संस्थाको खाता नंम्बर १३९३ मा रकम जम्मा गर्न सक्ने बताइएको छ ।
स्रोत: सीआईएन
Comments