
महिलाको एक्स (X) क्रोमोजोम पुरुषको वाई क्रोमोजोम भन्दा हजार गुणा स्वस्थ हुने भन्दै उनले पुरुषको वाई क्रोमोजोम महिलाको एक्स क्रोमोजोमको सम्पर्कमा आउने बित्तिकै थप कमजोर भएर टुक्रिंदै जाने दावी गरेकी छन् । महिलामा एक्स क्रोमोजोम दुईवटा हुने भएकाले एकले अर्कोलाई सपोर्ट गर्ने तर पुरुषमा वाई क्रोमोजोम एउटा मात्रै हुने भएकाले सपोर्ट नपाउने र टुक्रिएर जाने प्रोफेसर जेनीको तर्क छ । लण्डनको नेशनल इन्ष्टिच्यूट फर मेडिकल रिसर्चका क्रोमोजोम विज्ञ प्रोफेसर रोबिन लाबेल ब्याजले भने प्रो जेनीको अध्ययन क्रोमोजोम टुक्रिएपछि हुने नोक्सानीमा मात्रै केन्द्रित रहेको भन्दै पछिल्लो २ सय ५० लाख वर्षमा वाई क्रोमोजोममा कुनै नोक्सानी नभएको दावी गरेका छन् ।
युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर क्रिस मेसनले वाई क्रोमोजोम टुक्रिने समस्या भइहालेपनि अबको केही लाख वर्षमा त्यसको उपचारको विधि पनि विकसित हुने भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । प्रोफेसर जेनीले भनेजस्तै वाई क्रोमोजोम टुक्रा टुक्रा भएर हराउने हो भने पुरुष मात्रै नभइ कुनै प्रजाति पनि पृथ्वीमा नरहने भन्दै प्रोफेसर क्रिसले व्यंग्य गरेका छन् ।
Comments