Skip to main content

सिन्धुलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने

पुष १७
'बहुसाँस्कृतिक पहिचान नेपालको स्वाभिमान, समान र सम्मानका लागि जागरण अभियान' भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ सिन्धुलीले 'ल्होछार साँस्कृतिक महोत्सव- २०६८' को आयोजना गर्ने भएको छ । आज सिन्धुलीमाढीमा सम्पन्न घेदुङको आठौं पूर्ण बैठकले आउँदै गरेको तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछार अन्तर्गत २८४८ औं 'डुक' ल्होछारको अवसर पारेर आउँदो माघ २० देखि २६ गतेसम्म सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौरमा ७ दिने ल्होछार साँस्कृतिक महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सवको तयारीका लागि घेदुङका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष काजीमान थिङ तामाङको संयोजकत्वमा ८१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको बैठकपछि आजै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

'आदिबासी जनजातिको परम्परागत ज्ञान, शीप, कला र प्रविधिहरुको प्रवद्र्धन गर्न, स्थानीय कला सँस्कृतिको जगेर्ना गर्न, आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गराउन, साँस्कृतिक तथा जातीय पहिचान सहित सशक्तिकरणमा टेवा पुर् याउन महोत्सवको आयोजना गर्न लागेका हौं' पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका संयोजक काजीमान थिङ तामाङले भन्नुभयो । महोत्सवमा आदिबासी जनजाति समुदायको साँस्कृतिक झाँकी, डम्फु लगायतका साँस्कृतिक बाजाहरु, ऐतिहाँसिक तथा महत्वपूर्ण तामाङ पुस्तक र पत्रपत्रिकाहरु, ग्रामीण उत्पादन एवं आविष्कारहरु, कृषिजन्य उत्पादनहरु, जटीबुटी, परम्परागत जातीय भेषभूषा लगायतको प्रदर्शनी रहने जनाइएको छ । त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुद्वारा गीत संगीत, लोकदोहोरी नृत्य तथा हाँस्यव्यङ्ग्य प्रश्तुत, तामाङ तथा आदिबासी जनजाति चलचित्र प्रदर्शन, वाल उद्यान जस्ता मनोराजनका कार्यक्रमहरु समेत रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । महोत्सवको अवलोकन गर्न करीब ५ लाख दर्शकको सहभागिता रहने आशा आयोजकले लिएको छ भने महोत्सवको लागि करीब २५ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै महोत्सवको लागि जिल्ला विकास समिति, कमलामाई नगरपालिका, जिल्लाका सबै ५३ गाबिस र सरोकारवाला सबैलाई आर्थिक सहयोग गर्न पनि अनुरोध गरिएको छ । नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा हुन गइरहेको महोत्सवको सहआयोजकमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिन्धुली, नेपाल तामाङ संघ सिन्धुली, नेपाल लोकतान्त्रिक तामाङ संघ सिन्धुली, नेपाल तामाङ स्वशासित संघ (एकीकृत) सिन्धुली, तामाङसालिङ स्वायत्त राज्य परिषद सिन्धुली र प्राङबोला छार न्हान सिन्धुली रहेका छन् । 'ल्हो' भनेको 'वर्ष' र 'छार' भनेको 'नया' हो । तसर्थ ल्होछारको अर्थ 'नया वर्ष' भन्ने हुन्छ । जसलाई विभिन्न १२ वटा जीवजनावरहरुको नामबाट नामाकरण गरिएको छ । ल्होछार नेपालका आदिबासी जनजाति समुदायहरुमध्ये तामाङ, गुरुङ, शेर्पा, मगर, ह्योल्मो, थकाली लगायतका जातिहरुको महत्वपूर्ण साँस्कृतिक पर्व हो । यद्यपि ती समुदायहरुले ल्होछार पर्वलाई तिथि र मितिको आधारमा फरक-फरक समय र दिनमा मनाउदै आइरहेका छन् । तामाङ समुदायले भने माघशुक्ला प्रतिपदाको दिनलाई ल्होछारको प्रारम्भिक दिनको रुपमा मान्दै आएको छ । उक्त दिन यस वर्ष माघ १० गते परेको छ । उक्त दिनबाट तामाङ सम्बत अनुसार २८४७ वर्ष सकेर नया वर्ष २८४८ डुक/मु ल्होछार (Dragon New Year) को प्रारम्भ हुनेछ । जसलाई तामाङ समुदायले विविध कार्यक्रमहरु आयोजना गरी मनाउन गइरहेका छन् ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide