Skip to main content

छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको : शिक्ष राज्य मन्त्री भण्डारी


चैत्र १८, सिन्धुली 
शिक्षा राज्यमन्त्री लिला भण्डारीले आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको बताउनुभएको छ । परम्परागत शिक्षा प्रणालीले देशलाई धान्न नसक्ने बताउदै भण्डारीले अवको शिक्षा वेरोजगारी हैन रोजगारीमूलक हुनुपर्ने बताउनुभयो । सिन्धुली ढुग्रेबासमा रहेको कमला उच्च मावि तथा साइन्स क्याम्पसको हीरक महोत्सव समापन समारोह तथा ६१ औँ वार्षिक समारोह र अभिभावक दिवसको अवसरमा सिन्धुली आउनुभएका उहाँले गुणस्तरीय शिक्षा बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै लाग्नुपर्ने र राज्यले पनि गुणस्तरीय शिक्षा ल्याउनको लागि शिक्षक ऐन २०२८ संशोधन गरिरहेको धारणा राख्नुभयो । पछिल्लो समयमा सामुदायीक विद्यालका स्थायि शिक्षकहरुले खेतला राखेर आफु ठेकेदार बनेर जनताको पसिनाको दुरुपयोग गरेको आरोप लगाउनुभयो । 

पछिल्लो समयमा धेरै स्कूलहरु खुलीरहेका अवस्थामा आजको आवश्यकता विद्यालय खेल्ने हैन खोलेका विद्यालयलाई व्यवस्थापन गर्ने तर्फ लाग्नुपनेै टिप्पणी गर्नुभयो । मन्त्री भण्डारीले  संविधान लेखन प्रक्रिया अगाडि बढेको छैन भन्ने कुरा गलत भएको बताउदै उहाँले जेठ १४ मा संविधान बन्ने दावी गनुभयो । अवको संविधान सवैको न्यायिक हुने खालको र जनताको संविधान बन्ने जिकिर गर्नुभयो । त्यस्तै सांसद कल्पना वस्नेतले घरनै विग्रेको अवस्थामा सुधार्न धेरै समय लागे जस्तै विग्रेको शिक्षालाई सपार्न पनि समय लाग्ने बताउनुभयो । 

शिक्षा राज्यमन्त्री लिला भण्डारीको प्रमुख आतितथ्य तथा विद्यालय व्यस्थिापन समितिका अध्यक्ष अम्वरदिप देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विधालयका प्रद्यानाध्यापक विश्वनाथ बरालले  १ करोड ७५ लाख ९४ हजार ४ सय ७९ रुपैया वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कमला साइन्स क्याम्पस र विद्यालयलाई आजको स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिक उत्सव कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेल प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवाली,राजनीतिक दलका प्रतिनीधि,समाजसेवी,पत्रकार महसंघका अध्यक्ष श्यामहरि अधिकारी,विद्यालय विद्यार्थी अभिभावक पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...