Skip to main content
वैशाख ५, सिन्धुली
कमलामाई नगरपालिका वडा नम्बर ११ मा पञ्चायत शासनकालमा मारिएका ३ सहिदको सालिक सहितको सहिद पार्क निर्माण गर्न लागिएको छ । प्रधानमन्त्री कोषबाट सहिद पार्कका लागि १० लाख रुपैंया बजेट विनियोजन भए पनि सो पार्क निर्माण गर्न लागिएको हो । पार्कको नाम आजाद, दुर्गा र रजन सहिद पार्क नामाकरण गरिएको छ । पार्क निर्माणका भएको भेलाले सोमबार एक निर्माण उपभोक्ता समितिको गठन गरेको छ । इन्द्रप्रसाद ढुंगेल, सचिव सुमन पौडेल, कोषाध्यक्ष मञ्जु देवकोटा रहेका छन् भने सदस्यहरुमा देवराज पौडेल, घनेन्द्रबहादुर कार्की, पूर्णबहादुर खत्री, कमला वि.क, रघुपति प्रधान र यादव प्रसाद सुवेदी  रहनु भएको छ ।

सालीक निर्माणको लागी नारायण प्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समितिको गठन  गरिएको छ । समितिको सदस्यमा ऋषिराज अधिकारी, रमेश देवकोटा, सुरेश कुमार पौडेल र तिलकुमारी माझी छन् । सहिदहरु दलबहादुर रजन, ऋषि देवकोटा र दुर्गा सुवेदीको सालिक सहित बन्न लागेको पार्कमा गार्डेन, प्रतिक्षालय लगाएत निर्माण गरिने र त्यसलाई पर्खालले घेरिने अनुगमन समितिका सदस्य ऋषिराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पार्क बनाउने स्थलको सर्वेक्षण गर्न मंगलबार जिल्ला विकास समिति सिन्धुलीबाट प्राविधिक टोली त्यहाँ पुग्ने  छ भने केहि दिन भित्रै निर्माणको काम सुरु हुने भएको छ । पञ्चायत विरुद्ध वामपन्थी राजनिती गरेको भन्दै ऋषि देवकोटा आजादले २०३७ फागुन १२ गते, दलबहादुर रजनले २०३७ कार्तिक १२ र दुर्गा सुवेदीले २०३६ कार्तिक १७ गते राज्यका सुरक्षाकर्मीले भिमानको चुरे जंगलमा गोली हानी मारेको थियो ।
ढिलै भए पनि सरकारले सहिदहरुको सम्झनामा पार्क र सालिक निर्माण गर्न लागेकोमा सहिदका परिवारले खुशी व्यक्त गरेका छन् । सहिद दलबहादुर रजनका छोरा दानबहादुर रजनले सहिदको सम्मान गर्न सरकार लागेकोमा खुशी लागेको बताउनुभयो  ।

source : www.sindhulidarpan.com.np

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide