Skip to main content

Posts

Showing posts from August, 2012

टाइगर झन गर्जिदै

भदौ १, भारतमा लभगभ ३५ करोड भारुको ओपनिङ गर्दै नयाँ रेर्कड राखेको सिनेमा ‘एक था टाइगर’ नेपाली हलवालाहरुको लागि पनि फाइदाको ब्यापार सावित हुदैगइरहेको छ । जसका कारण राम्रो कमाइ हुने आशले हत्तपत्त हिन्दी फिल्मी नलगाउने हलहरुले पनि ‘एक था टाइगर’ लाई लगाएका छन् ।बुधवारबाट रिलिज भएको सिनेमा ‘एक था टाइगर’ हेर्नेको क्रेजलाई क्यास गर्न क्यू एफ एक्सले आफू अन्तर्गतका ६ वटा हलहरु सबैमा सबै शो मा ‘एक था टाइगर’ लगाएको छ । क्यु एफ एक्सको बजार हेर्ने सुरेन्द्र थापाका अनुसार शुक्रवार र शनिवार सिनेमा हेर्न धेरै दर्शक आउने भएकाले सबैमा ‘एक था टाइगर’ लगाइएको हो । सिमित हलमा मात्र लगाउदा ‘एक था टाइगर’ हेर्न आउने दर्शकहरु टिकट नपाएर त्यसै नर्फकिउन भन्ने हेतुले पनि सबै हलमा लगाइएको हो । यसले राम्रो प्रतिफल दिने आशा पनि सुरेन्द्रले गरे । ‘एक था टाइगर’ आज र भोलि मात्र सबै हलमा लाग्नेछ भने आइतवारबाट अरु सिनेमाहरु पनि यथावत लगाइनेछ ।

कस्तो रेष्टुरेन्ट ? जहाँ थालमा होइन तरुनीको नांगो जिउमा खाना दिइन्छ

साउन २३, सम्झनुहोस् तपाइँ कुनै रेष्टुरेन्टमा खान खान जाँदै हुनुहुन्छ । त्यहाँ तपाइँलाई कुनै प्लेटमा होइन नांगा तरुनीका जिउमा खानेकुरा राखेर टक्राइन्छ भने तपाइँलाई कस्तो अनुभुति होला ? वास्तवमा यस्तो हुनै नहुने बकमफुस्से कुराको कल्पना किन गर्नु भन्ने तपाइँलाई लाग्नसक्छ । तर यो कुनै कल्पनाको कुरा होइन । अमेरिकाको एक रेष्टुरेन्टले अब नांगा मोडेलका सरीरमा खाना टक्राएर ग्राहकको भोट मेटाउने भएको छ । अमेरिकाको फ्लोरिडास्थित एक रेस्टुरेन्टले यस्तो सुविधा दिने भएको हो । जापानी परिकार खुवाउने उक्त रेस्टुरेन्टमा अब ५ सय डलर तिरेपछि अगाडि तेर्सिएका नांगा मोडेलको छाति तथा गुप्तांगमाथि राखिएको भोजन कपाकप खान पाइनेछ । यसरी नांगा मोडेलका छातिमाथिबाट सुशी तथा साशिमी जस्ता जापानी भोजन टप्प टिपेर खाने इच्छा भएमा गोजी केही गरम पारेर मियामीको कुंग फु किचेन रेष्टुरेन्टमा गए पुग्छ । उक्त रेष्टुरेन्टका मालिक नाथन लिबरम्यानले आफुले यस्तो सेवा प्रदान गर्ने मोडेलहरु मोडलिङ एजेन्सीबाट भाडामा ल्याउन थालेको भन्दै अहिले रेष्टुरेन्टमा काम गरिरहेका केही युवतीहरु समेत ग्राहकलाई आफ्नो नांगो जिउमा खाना खुवाउन त

टेलिकमले एनसेलमा ‘कल फरवार्ड’ रोक्यो

साउन २३, एनसेलले प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका ग्राहक तान्ने अभियान थालेपछि नेपाल टेलिकमले एनसेलका लागि कल फरवार्ड सुविधा काटेको छ । टेलिकम स्रोतका अनुसार एनसेलले टेलिकमका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताको नम्बरसँग मिल्ने नम्बर दिने एनसेलको ‘माइ न्यू नम्बर’ योजनाका लागि एनसेलले कलफरवार्ड सुविधाको दुरुपयोग गरेपछि टेलिकमले आफ्नो नेटवर्कका मोबाइलबाट एनसेलमा कल फरवार्ड सुविधा बन्द गरेको हो । ‘केहि समयका लागि रोकिएको हो, दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि खुल्न सक्छ’ टेलिकम स्रोतले भन्यो । एनसेलले प्रतिस्पर्धी कम्पनीका ग्राहकलाई आफ्नो नेटवर्कमा आकषिर्त गर्न ‘एनसेल प्रो’ योजनामा विभिन्न सुविधा दिँदै आएको छ । टेलिकमबाट एनसेलको नेटवर्कमा सर्न चाहनेले चलाइरहेको टेलिकमको नम्बर एनसेलममा जानकारी गराएपछि एनसेलको त्यही नम्बर दिने गरेको छ ।

नेपाली सोसल नेटवर्किङ साइट

श्रावण २०, युवा र सोसल नेटवर्किङ साइट । एकअर्काको परिपूरकजस्तै भएका छन् । पछिल्लो तथ्यांक हेरौं । नेपालमा यसै साता १६ लाख ३१ हजार नेपाली फेसबुकमा जोडिएका छन् । पछिल्लो तीन महिना १५ प्रतिशतको दरले उपयोगकर्ता थपिए । यसैबीचमा फेसबुक प्रयोगकर्ताको संख्याका आधारमा विश्वको ७० औंबाट ६७ औं नम्बरमा उक्लिएको देशका ४६ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ उमेरका छन् । फेसबुकमा यति क्रेज देखाएर हामी मार्क जकरबर्गलाई धनी बनाउँदै छौं । जकरबर्गले केही समय छिटो यस्तो साइट विकास गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रचार गरे । त्यतिमात्र हो । हामी त्यसकै पछाडि दगुर्‍यौं । केही नेपालीले फेसबुकभन्दा धेरै फिचर भएका नेटवर्किङ साइट बनाएका छन् । तिनमा धेरै नेपाली आबद्ध भएका पनि छन् । तिनलाई प्रयोग गर्दा नेपालीपनको अनुभूति हुन्छ । फेसबुककै हाराहारीमा (अझ त्यसभन्दा बढी) सुविधा भएका यस्ता साइटमा हामी किन आबद्ध नहुने ?