Skip to main content

फेसबुकको गिफ्ट


दसैं नजिकिँदै छ, चाडपर्व मनाउन पक्कै एक कदम अगाडि सर्छौं । चाडपर्वमा उपहार अपेक्षा धेरैले गर्छन् र आदानप्रदान पनि प्रशस्तै हुने गर्छ । त्योभन्दा बढी हुने गर्छ, सोसल नेटवर्क शुभकामनाको साटासाट । चाडपर्वमात्र किन ? कुनै पनि अवसरमा उपहारले ठूलै महत्त्व राख्ने गर्दछ । प्रविधिले फड्को मारिसकेको छ । सोसल नेटवर्कबाट शुभकामनाका साथै उपहार नै साट्न पाए झनै राम्रो । यस्तै गिफ्ट साट्ने सुविधा फेसबुकले केही अगाडि सुरु गरेको थियो । फेसबुकमा कसैसँग केही माग्दा तुरुन्तै पाइन्थ्यो । तर गिफ्ट पाउनेहरू जिल्ल पर्थे । किनकि ती फेसबुकका गिफ्ट भर्चुअल हुने गर्थे । फेसबुकको यही भर्चुअल गिफ्ट धेरैलाई रमाइलो पनि लाग्यो । अब फेसबुकले भर्चुअल होइन वस्तुगत रूपमै गिफ्ट आदानप्रदानको सेवालाई थपेको छ ।

प्रयोगकर्ताले आफ्नो फेसबुक नेटवर्कमा रहेकालाई गिफ्ट पठाउन सक्नेछन् । फेसबुक नेटवर्कबाट गिफ्ट पठाउँदा, व्यक्तिले भर्चुअल कार्ड पाउने छन् । भर्चुअल कार्डमा गिफ्ट पाउने -पुग्नुपर्ने) ठेगाना भरेर उपहार प्राप्त गर्न सकिन्छ । गिफ्ट प्राप्त गर्न सकिन्छ ।
पठाउने प्रयोगकर्ताले गिफ्टको भुक्तानी गिफ्ट छान्नेबित्तिकै गर्न सक्नेछन् र थप सुविधाका लागि पाउने प्रयोगकर्ताले भर्चुअल कार्ड भरेपछि पनि गर्न सक्नेछन् । फेसबुकबाट आउने गिफ्ट पाउँदाको क्षणको आनन्द नै छुट्टै होला ? थपिएको यो फिचरलाई प्रभावकारी बनाउन, प्रचलित कम्पनीहरूसँग साझेदारी गर्नमा फेसबुक व्यस्त पनि छ । फेसबुकमार्फत कसैलाई गिफ्ट पठाएको कुरा फेसबुकमा सेयर पनि गर्न सकिन्छ ।

प्रयोगकर्ताको टाइमलाइनमा रहेको गिफ्ट अप्सन छानेर आफ्नो फेसबुक नेटवर्कमा रहेकालाई गिफ्ट पठाउन सकिन्छ । गिफ्ट पठाउने अर्को विकल्मका रूपमा 'न्युज फिड' मा आउने जन्मदिन रिमाइन्डरको पनि प्रयोग गर्न सकिन्छ । गिफ्ट अप्सनमा रहेको सूचीबाट गिफ्ट छानेर पठाउन सकिन्छ । गिफ्ट पाउने प्रयोगकर्ताले नोटिफिकेसनबाट जानकारी कार्डसहित पाउने छन् । गिफ्ट स्वीकार गरी सिपिङ इन्फरमेसन भरे गिफ्ट पठाइनेछ । प्रयोगकर्ताले गिफ्ट अस्वीकार

पनि गर्न सक्छन् । फेसबुकले अघि सारेको तुरुन्तै र स्वीकार गरेपछि भुक्तानी गर्न सकिने योजनाले पनि प्रयोगकर्ताहरूको मन छुन सक्नेछ । फेसबुक प्रयोगकर्ताको संख्या बढ्ने क्रम जारी छ । एप्पलले पछिल्लो मोबाइल डिभाइस अपरेटिङ सिस्टम -आईओएस सिक्स) लाई फेसबुकमा जोडेको छ । एक अर्ब प्रयोगकर्ताको सोसल नेटवर्क बन्ने तरखरमा रहेको फेसबुकको यो नयाँ सेवाले सोसल नेटवर्कको स्वरूप बदल्न सक्नेछ । सोसल नेटवर्क, सोसल मिडियाका रूपमा उदाउँदै गरेको अवस्थामा फेसबुकको गिफ्ट कार्यक्रमले सोसल नेटवर्कलाई प्रत्यक्ष व्यापारतर्फ अगाडि सारेको छ ।

फेसबुकको गिफ्ट स्किमलाई प्रयोगकर्ताहरूले पत्याएको खण्डमा फेसबुकसँगै अरू साझेदारलाई पनि राम्रै फाइदा पुग्नेछ । फेसबुक आफ्नो प्रयोगकर्ताहरूको संख्याबाट व्यापारिक सफलता हात पार्ने दाउमा छ । फेसबुक र साझेदारबीच बाँडफाँड कसरी हुन्छ, खुल्न सकेको छैन तापनि प्रयोगकर्ताहरूले फेसबुकलाई विश्वास गरेर आफ्नो क्रेडिट कार्ड इन्फरमेसन फेसबुकलाई सुम्पने संभावना उत्तिकै छ ।

फेसबुकको गिफ्ट फिचर सर्वत्र भइसकेको छैन । फिचरप्रति उत्साह बढ्दो छ । तर नेपालीका लागि भने यसको प्रयोग केही अप्ठ्यारो छ । अनलाइन ट्रान्जेक्सन खासै नहुने हाम्रो जस्तो देशमा नेपालभित्रै यस्तो कारोबारको अपेक्षा गरिहाल्न सकिन्न । तर विदेशबाट पठाइएका गिफ्ट हाम्रो हातमा आउँछ भनेर आशा गर्ने कि ?


प्रकाशित मिति आश्विन २१ इकान्तिपुर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide