Skip to main content

मोबाइल इन्टरनेट च्याटको मज्जा:बिनु


अनलाइन युजरहरूमा कुराकानी गर्ने विभिन्न माध्यमहरूको माग भइरहेका वेला प्रतिस्पर्धा पनि बढिरहेको छ । नेपाली इन्टरनेट प्रयोगकर्ताका बीचमा विभिन्न मोबाइल एप्लिकेसन र सफ्टवेयरहरू रुचिमा परेका छन् । फेसबुक च्याट, ट्विटर र मिगजस्ता मोबाइल एप्लिकेसनहरूले सोचेभन्दा बढी सफलता पाइरहेका वेलाका अर्को मोबाइल सफ्टवेयर बिनु अहिले चर्चाको विषय बनेको छ । यो एप्स चर्चाको विषय बन्नुमा पनि थुप्रै कारणहरू रहेका छन् । सन् २००८ को सेप्टेम्बरमा बिनु प्रालि डेभ टर्नल र गौर लेन्टेलद्वारा स्थापित भयो । त्यसपश्चात् उनीहरूको निकै लामो अनुभव र विगतको सफलताले बिनु एप्लिकसेन चल्यो ।
के हो बिनु ? बिनु एउटा मोबाइल इन्टरनेट सफ्टवेयर हो जसबाट अन्य थुप्रै्र सामाजिक सञ्जालका साइटहरू र एप्सहरू चलाउन सकिन्छ । साथसाथै थुप्रै आकर्षक विशेषताको सुविधा उपयोग गर्न पाइन्छ । अहिले विश्वभर आधाभन्दा बढी मानिस मोबाइल प्रयोग गर्छन्, तर त्यसको पनि आधाजतिले मात्र कम्प्युटर प्रयोग गर्छन् । तसर्थ बिनुले मोबाइलमै सस्तो,
शैक्षिक र सामाजिक फाइदा प्रदान गर्ने सुविधा दिन्छ । मोबाइलका स्क्रिन साना हुन्छन्, किबोर्डहरू पनि साना हुन्छन्, हार्डवेयरहरू पनि सीमित हुन्छ र उनीहरूको सर्भिस पनि ढिलो र कम भरपर्दो हुन्छ । बिनुले यी चुनौतीलाई सामना सजिलै गर्छ । यसले आविष्कार गरेको सफ्टवेयरले हल्का खालका मोबाइलमा पनि सहजै चल्न सहयोग गर्छ र नेटवर्क ब्यान्डविथको पनि कार्यकुशल प्रयोग गर्छ ।
बिनु यस्तो मोबाइल सफ्टवेयर हो जसको प्रमुख विशेषता तीव्र गतिमा चल्नु हो । टुजी नेटवर्क चल्ने फोनहरूले तत्काल रेस्पोन्स पाउ“छ, इन्टर एप्स र अरू सुविधाबाट जस्तै ट्विटर, विकिपेडिया, न्युज, लाइभ स्पोट्र्स स्कोर, मौसम आदि । मोबाइल इन्टरनेटका थुप्रै्र प्रयोगकर्ता आज पनि खराब वा दुःखदायी अनुभव पाइरहेका छन् । ढिलो रेस्पोन्स पाइरहेका छन्, असक्षम डाटा ब्यान्डविथले । बिनुको केही फाइदाहरू तल उल्लिखित छन् ।
१) धेरै छिटो ः
प्रायःजसो हामी इन्टरनेट ढिलो चल्ने समस्याबाट ग्रस्त छौ“ । तर, यो सफ्टवेयर इन्टरनेट ढिलो होस् वा चा“डो राम्ररी काम गर्दछ ।
२) फ्री एसएसएम र इमेल
बिनुले फ्री एसएमएस र अनगिन्ती इमेलको सुविधा दिन्छ । यसले दुई किसिमको एसएमएस प्रदान गर्छ । पहिलो क्रेडिट एसएमएस र दोस्रो फ्री एसएमएस । बिनुले एसएमएस विश्वभर पठाउन मिल्ने बनाएको छ ।
३) एमएमएस डेलिभरी स्टाटस
यदि हामीले क्रेडिट एसएमएस प्रयोग गर्छौं भने यसले डेलिभरी स्टाटस पनि देखाउ“छ ।
४) म्यासेज नोटिफिकेसन
बिनुले उसको इनबक्समा सन्देश आएका वेलामा हामीलाई सचेत पनि गराउ“छ । यदि हामी अनलाइन छौ“ भने विभिन्न चिह्नको प्रयोग गरेर हामीलाई नोटिफिकेसन दिइरहेको हुन्छ भने अफलाइन भएको अवस्थामा एसएमएस पठाएर सन्देश आएको जानकारी दिन्छ ।
५) अन्य सुविधा
अनलाइन न्युज, गुगल र विङ सर्च, यू–ट्युब, स्पोट्र्स, मौसम ज्योतिषसम्बन्धी साइट, टेक्नोलोजी, ब्लग र अन्य थुप्रै सुविधा प्रदान गर्छ ।
बिनुको सुविधा पाएर थुप्रै इन्टरनेट प्रयोगकर्ताहरू मख्ख र खुसी छन् । बुधबारे–७ झापाका सञ्जीव सापकोटा त्रिचन्द्र क्याम्पसमा बिएस्सी अध्ययनरत छन् उनी भन्छन्, ‘अहिलेसम्म मैले थुप्रै मोबाइल सफ्टवेयर प्रयोग गरे“, तर बिनुजस्तो छिटो, छरितो र सुविधा सम्पन्न कुनै भेटेको छैन ।’ सञ्जीव त एक प्रतिनिधि मात्रै हुन् उनीजस्तै धेरै इन्टरनेट प्रयोगकर्ता बिनुप्रति आकर्षित छन् कारण हुन् बिनुले प्रदान गरेको अतुलनीय छरितो सुविधाहरू ।

प्रस्तुती:केन सुवेदी
लिभिङ विथ आइसीटी

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide