Skip to main content

विन्डोजतर्फ एन्ड्रोइड


सन् २०१३ भित्र विन्डोज ८ अपरेटिङ सिस्टमका स्मार्टफोन र ट्याबको प्रयोग अत्यधिक भयो भने आश्चर्य नमाने हुन्छ । डेस्कटप र ल्यापटप बजारमा एकछत्र राज गरेको माइक्रोसफ्टले 'विन्डोज ८' अपरेटिङ सिस्टम ल्याएपछि यसको प्रयोग भएको स्मार्टफोन र ट्याब लगातार सार्वजनिक भइरहेका छन् । बजारमा केही वर्षदेखि गुगलको एन्ड्रोइड र एप्पलको आईओएसको प्रभुत्व छ । एन्ड्रोइड धेरै कम्पनीले प्रयोग गरेका छन् भने आईओएस एप्पलले आफ्नै उत्पादनमार्फत ल्याएको छ । यी दुई ओएस भएको स्मार्टफोन र ट्याबको बढ्दो व्यापारले उनीहरू निकै अगाडि बढे । र, चर्चा पनि पाए । पछिल्लो समय डेस्कटप र ल्यापटपमा सीमित माइक्रोसफ्टमा अर्को सेगमेन्टको बजारमा पनि हिस्सा बढाउने आशा जन्मिएको छ ।

केही समय अगाडि जर्मनीको बर्लिनमा भएको कन्ज्युमर इलेक्ट्रोनिक ट्रेड फेयरले विशेष गरी एन्ड्रोइडलाई चिन्तित तुल्याएको हुनुपर्छ । त्यस मेलामा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिरहेका कम्पनीहरूले मेलामा धमाधम विन्डोज ८ ओएस भएको स्मार्टफोन र ट्याब सार्वजनिक गरे । र, यो क्रम रोकिएको छैन ।
 अर्कोतिर ब्ल्याकबेरीले पनि विन्डोज ८ प्रयोग गर्ने चर्चासँगै धेरैबाट प्रश्न आउन थालेको छ । यी उदाहरणहरूपछि अचेल धेरै प्रश्न उठ्छ, के विन्डोज ८ ले स्मार्टफोन र ट्याब सेगमेन्टमा पनि जम्ला ?

दुई वर्ष अगाडि फिनल्यान्डको कम्पनी नोकियाले पहिलोपटक विन्डोज ओएस प्रयोग गर्ने घोषणासँगै माइक्रोसफ्टसँग सम्झौता गर्‍यो । त्यसलाई माइक्रोसफ्टको स्मार्टफोन ओएसमा लगाव बढाउने माध्यम मान्न सकिन्छ । त्यो सम्झौतापछि नोकियाले धमाधम विन्डोज फोन सार्वजनिक गर्दैछ । तर उसका उत्पादन धेरै सफल भएनन् । तर माइक्रोसफ्टको विन्डोज ८ पछि युरोपको ठूलो बर्लिन मेलाबाट अरू पनि यता आए । त्यहीँबाट स्मार्टफोनमा अगाडि रहेको दक्षिण कोरियाली कम्पनी सामसुङले विन्डोज ८ भएको स्मार्टफोन सार्वजनिक गर्‍यो । एन्ड्रोइड प्रयोग गरेर एप्पललाई पनि टक्कर दिएको ब्रान्ड एक्कासि विन्डोजमार्फत आउँदा धेरैलाई आश्चर्य पनि बनायो ।

यो प्रयोग नोकिया र सामसुङ -केही उत्पादन) मा मात्र रोकिएन । एचटीसीले पनि विन्डोज ८ ओएस भएको 'एचटीसी विन्डोज फोन ८ एक्स' सार्वजनिक गरिसकेको छ । यसलाई एचटीसीले एन्ड्रोइड ओएस प्रयोग गरेर ल्याएको चर्चित 'एचटीसी वान एक्स' सँग दाँजिएको छ । स्मार्टफोनमा अगाडि आउने अर्को कम्पनी मोटोरोला गुगलले नै किनिसकेकाले यसका विन्डोज फोन आउने सम्भावना छैन । 'आफ्नो ओएस भएको एप्पल र मोटोरोला बाहेक अरू सबै ठूला स्मार्टफोन कम्पनीले विन्डोज फोन ल्याइसकेका छन्,' विश्लेषकहरू भन्छन्, 'यति सानो समयमा मुख्य कम्पनीहरू यता लाग्नु विन्डोजका लागि धेरै सकारात्मक कुरा हो ।'

नोकियाको लुमिया ९२० र लुमिया ८२० लाई विन्डोज ८ को नमुना फोनका रूपमा लिइएको छ । 'नोकियाको पुनः सफलता विन्डोज ८ भएको लुमिया सिरिजका फोनको सफलतामा जोडिएको छ,' विश्लेषकहरू भन्छन्, 'र विन्डोज ८ पनि यसबाटै चर्चामा आउने सम्भावना छ ।' यसको सफलतामा अरू कम्पनीलाई विन्डोज ८ मा आउने नआउनेमा निर्भर गराउँछ । रिमले पनि विन्डोज ८ ओएस प्रयोग गरेर ब्ल्याकबेरी ल्याउने चर्चा सत्य सावित भए विन्डोज ८ को उचाइ अझै बढ्नेछ ।

विन्डोज ८ प्रयोग गरेर डिभाइस सार्वजनिक गर्ने क्रम ट्याब्लेट बजारमा पनि छ । यसअघि एन्ड्रोइडको ओएसबाट रमाएका कम्पनीहरू पनि धमाधम यता आएका छन् । विन्डोज प्रयोग गर्दै एसरले आइकोनिय डब्लु ५१०, असुसले भिभो ट्याब, डेलले ल्याटिट्युड १०, एचपीले इन्भोई एक्स २, लेनेभोले थिंक प्याड २ र सामसुङले स्मार्ट पीसीजस्ता ट्याबहरू सार्वजनिक गरिसकेका छन् । इन्टेलले विन्डोज ८ लाई आवश्यक हार्डवेयर सार्वजनिक गरिसकेको छ ।

यसरी विन्डोज ८ को प्रयोग किन बढिरहेको छ त ? माइक्रोसफ्टले विन्डोज ८ लाई टच स्त्रिmन डिभाइसलाई पनि केन्दि्रत गरेको छ । यसअघिका ओएसभन्दा धेरै फरक रूपमा आएकाले स्मार्टफोन र ट्याब विस्तारै लोकपि्रय हुँदैछ । विन्डोज प्रयोग गर्न थालेका यीमध्ये धेरैले गुगलको एन्ड्रोइड प्रयोग गरिरहेका छन् । तर गुगलले मोटोरोला किनेपछि अहिले कम्पनीको पुनर्संरचना गर्दै आफ्नै उत्पादन ल्याउने तयारी गरेकाले पनि यी कम्पनीहरूले माइक्रोसफ्टलाई विकल्पका रूपमा लिएको हुन सक्छ ।

अझ मुख्य कारण विन्डोज ८ ले अहिले डेस्कटप/ल्यापटप र ट्याब/स्मार्टफोनबीचको गहिरो खाडल हटाउने अनुमान छ । 'प्रयोगकर्ताहरू सानो भएकाले आफ्नो धेरै काम प्याड वा मोबाइलबाटै गर्न चाहन्छन्,' विज्ञहरू भन्छन्, 'यसमा गरेको काम सहजै डेस्कटप र ल्यापटपमा कन्भर्ट हुँदा धेरै खुसी हुनेछन् ।' तर उससँग एन्ड्रोइड वा आईओएसमा भन्दा बढी एप्स दिने चुनौती छैन । एप्सको कुरामा पनि आशा देखिएको छ । हालै विन्डोज ८ को एप्स स्टोरमा एन्ड्रोइडका ५ लाख एप्स चल्ने समाचार सार्वजनिक भएको छ । हालसम्म माइक्रोसफ्टको स्टोरमा झन्डै २ हजार एप्स छन् । एन्डोइड एप्सहरू सहजै माइक्रोसफ्टको बजारमा जाँदा यसमा आकर्षण स्वतः बढ्नेछ ।

ठूलो बजार भनेको स्मार्टफोन र ट्याब्लेट बजारमा जम्ने आशामा माइक्रोसफ्ट आफ्नो ओएसको मार्केटिङमा लागेको छ । सर्फ]{ ट्याब्लेट र विन्डोज ८ को प्रवर्द्धन गर्न अमेरिकाबाट विभिन्न सहरबाट विशेष स्टोर खोल्न सुरु गरेको छ । तर भविष्य ग्राहकमा छ । एप्सलगायतका कुरामा अझै पूर्ण नभएको विन्डोजले प्रयोगकर्ताले चाहेको कुरा दिन सक्छ/सक्दैन हेर्ने बाँकी छ ।



प्रकाशित मिति आश्विन २१ इकान्तिपुर

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide