Skip to main content

Posts

Showing posts from December, 2012

बुधबारदेखि घोषित रुपमै लोडसेडिङ बढ्यो (तालिकासहित)

पाँच दिनसम्म अघोषित रुपमा लोडसेडिङ बढाएको नेपाल विद्युत्त प्राधिकरणले बुधबारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार बुधबारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएको थियो । बुधबारदेखि घोषित रुपमा बढ्ने भएपनि अहिलेदेखि नै लोडसेडिङको अवधि १२ घण्टा पुगिसकेको छ । सरकारले शासकीय सुधार कार्ययोजनामा लोडसेडिङ १२ घण्टामा सीमित गर्ने उल्लेख भएपनि अझै बढ्न सक्ने प्राधिकरणका कर्मचारीहरुले बताउँदै आएका छन् ।

बल्ल देखायो नासाले हाम्रो वास्तविक सगरमाथा

                                                 २९ मंसिर,  विश्वको सर्वोच्च शिखर सगरमाथालाई कसले नचिन्ला र । तर, अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अन्तरिक्षबाट खिचेको सगरमाथाको भन्दै गलत तस्बिर राखेको थियो । नेपाली पत्रकारहरुले सामाजिक सञ्जालमा नासाले वेबसाइटमा सगरमाथा भन्दै गलत तस्बिर राखेको औंल्याएपछि हिजो त्यसलाई सच्याएको छ । रुसी अन्तरिक्ष यात्री युरी मलेन्चेङ्कोले अन्तराष्ट्रिय अनुसन्धान केन्द्रबाट कात्तिक २४ गते खिचेको उक्त तस्बिरलाई नासाले सगरमाथाको भनी आफ्नो वेबसाइटमा राखेको थियो । त्यस तस्विरलाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पनि सगरमाथाको भन्दै प्रयोग गर्दै आएका थिए । ट्टिरमा उक्त तस्बिरले व्यापक रुप लिएपछि हिमालसँग जानकारहरुले नासाले राखेको तस्बिर सगरमाथाको नभई सो हिमाल भारत, पाकिस्तान र तिब्बतका सीमा नजिकै रहेको कस्मिरस्थित ससेर खाङ्ग्री हिमाल हो भनेर ट्विट गरेका थिए । उनीहरुले गुगल अर्थको प्रयोग गरेर नासाले देखाएको हिमाल सगरमाथा नभएको र सासेर खाङग्री भएको दाबी गरेका थिए । यसै बहसको आधारमा नासाले बिहीबार आफ्नो वेबसाइट अपडेट गर्दै तस्बिर खुम्बु हि

पृथ्वी ध्वस्त हुने हल्ला मात्र !

मंसिर २६  स-साना स्कुले नानीलाई गृहकार्य सक्यौ भनी सोध्दा आजभोलि जवाफ दिन्छन्, 'अब किन पढ्ने, डिसेम्बर २१ मा त पृथ्वी नै ध्वस्त हुन्छ रे !' पश्चिमेली मुलुकहरूबाट फैलिएको पृथ्वी ध्वस्त हुने यो हल्ला अहिले पत्याइनसक्नु गरी संसारभर फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार २१ डिसेम्बरमा विश्व समाप्त हुने हल्ला रुस, फ्रान्स, युक्रेन र मेक्सिकोमा अझ बढी छ । रुसमा त नेताहरूले राष्ट्रिय टेलिभिजन नेटवर्कमार्फत सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र संयम अपनाउन अपिलसमेत गरेका छन् । एउटा सर्वेक्षणलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार करिब अढाई करोड अमेरिकी यो हल्लाको पछि लागेका छन् । कसरी चल्यो हल्ला ? २१ डिसेम्बर २०१२ मा संसार ध्वस्त हुने हल्ला माया सभ्यताको क्यालेन्डरलाई हवाला दिँदै चलाइएको छ । हल्ला चलाउनेहरूको भनाइमा उक्त क्यालेन्डरमा आजको दस दिनपछिको मिति नै छैन । क्यालेन्डरमा मिति नै टुंगिनुको अर्थ त्यस दिन प्रलय हुनु हो भन्ने उक्त सभ्यतामा विश्वास गर्नेहरूको बुझाइ छ । यो बुझाइ कतिपय पश्चिमेलीहरूका लागि एक प्रकारको भयको कारण बनेको छ भने केहीलाई हलिउडका

२१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुदैन...

मंसिर २५ अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुरा अफबाह मात्र भएको बताएको छ । प्राचिन सभ्यताको माया क्यालेण्डरको अन्त हुनुले पृथ्वीमा केहि उत्तार चढाव नहुने भन्दै नासाले पृथ्वीमा कुनै प्रकारको क्षती नहुने पुष्टि गरेको हो । खगोलबिद्हरुले पृथ्वीको आयु अँझै साढे सात अर्व बर्ष रहेको भन्दै यस्ता भविस्यवाणी गलत भएको बताएका छन् । यस अघि पनि सन् २००३, सन् १९९९, १९९० लगायतका बर्षहरुमा पृथ्वी ध्वस्त हुने भनेर सन्त्रास फैलाईए पनि त्यो अफबाह मात्र भएको नासाले जनाएको छ । नासामा अनुसन्धान गरिरहेका केहि बैज्ञानिकहरुले भने ग्रहहरुले आफ्नो धुर्व परिबर्तन गरिरहने भएकाले डिसेम्बर २१, २२, २३ मा धुर्व परिवर्तन हुन सक्ने अनुमान गरेका छन् । यद्यपी धुर्व परिवर्तन सामान्य प्रक्रिया भएकाले यसले बिद्युतीय कम्पासको कारोबार गर्ने कम्पनीहरुलाई फाईदा हुने तर आम मानिसलाई नयाँ केहि नहुने बताएका छन् ।

आजदेखि लोडसेडिङ दैनिक १० घण्टा हुने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले आजवाट लागू हुने गरी लोडसेडिङ फेरि वढाएको छ । सातामा ५६  घण्टा लोडसेडिङ  हुँदै आएकोमा अब सातामा ७० घण्टा लोडसेडिङ हुनेछ । अत्याधिक चुहावट हुने स्थानमा भने थप १ देखि ६ घण्टासम्म लोडसेडिङ हुने छ । प्रधानमन्त्रीले यसपटकको हिउँदमा १२ घण्टाभन्दा बढी लोडसेडिङ हुँदैन भनिरहेपनि अहिले नै १० घण्टा पुगेको हो । औपचारिक सूचना निकाल्नुअघि केही दिनदेखि नै लोडसेडिङको अवधि बढ्न थालेको छ । ‘जलाशयमा पानीको सतह घट्न थालेकोले लोडसेडिङ बढाउनुपर्ने बाध्यता आएको हो’ प्राधिकरणका प्रणाली संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भन्नुभयो । पुस नलाग्दै दैनिक १० घण्टा लोडसेडिङ हुन थालेपछि आउँदा दिनमा स्थिति झनै भयावह हुने संकेत देखिसकेको छ । प्राधिकरणले यसवर्ष १९ घण्टा लोडसेडिङ हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ । तर प्रधानमन्त्रीले लोडसेडिङ बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । अरु वैकल्पिक उपाय अपनाएर भएपनि लोडसेडिङ घटाउनुपर्ने प्रधानमन्त्रीको भनाई हो । तर विकल्पको रुपमा भारतबाट आयात गर्ने र थर्मल प्लान्ट बनाउने योजना तत्काल पूरा नहुने भएकाले लोडसेडिङ १२ घण्टामा सीमित

ब्लड क्यान्सर पीडित दाङकी एक बालिकाको उपचारमा सहयोग गर्न परिवारले आग्रह ।।

नारायण भण्डारी, रेडियो हाम्रो पहुँच, तुलसीपुर, दाङ रगत सम्बन्धि रोग ए पलाष्टिक एमोनियाबाट पीडित दाङ हापुर ३ साइपुर की १० वर्षीया  कुसुम बुढाथोकीको उपचारमा सहयोग गरिदिन पीडितको परिवारले आग्रह गरेको छ । दुई महिनादेखि ब्लड क्यान्सरबाट पीडित बालिका बुढाथोकिको अहिले शिविल अस्पताल काठमाण्डूमा उपचार भइरहेको छ । उपचारको क्रममा अहिलेसम्म ४ लाख रुपैयाँ बढी खर्च भइसकेको र अझै धेरै खर्च लाग्ने भएकोले उपचार गर्न आफूहरुको आर्थिक अवस्थाले नभ्याउने परिवारले जनाएको छ । बालिका काका टोपेन्द्र बुढाथोकीले आफ्नी छोरीको उपचार खर्चमा सहयोग गरिदिनमा सबैमा आग्रह गर्नुभएको छ । उहँले सहयोग गर्न चाहनले मोवाइल नम्वर ९८–४–७८–३१–२४९ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । यसैबीच दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुृउद्देश्यीय सहकारी संस्थाले बालिकाका काका टोपेन्दं्र बुढाथोकीको नाममा संस्थामै खाता खोलिदिएको छ । संसथाले उपचारमा सहयोग जुटाउन सहयोग जुटाउने उद्देश्यले संस्थामा निःशुल्क खाता खोलिदिएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । सहयोग गर्न चाहानेले संस्थाको खाता नंम्बर १३९३ मा रकम जम्मा गर्न

महिलाहरुको अधिकार सम्वन्धी दुइ दिने तालीम

मंसीर २१ सामाजीक रुपान्तरणको लागी जिविकोपार्जन कार्यक्रम अन्तर्गत जमीन माथि महिलाहरुको अधिकार सम्वन्धी दुइ दिने तालीम हिजोवाट सिन्धुलीमाढीमा सुरुभएको थियो। एक्सनएड ईन्टरनेशनल नेपाल सामुदायिक विकास कार्यक्रम सिन्धुलीको सहकार्यमा भएको तालीममा कपिलाकोट, महादेवस्थान, डाँडीगुरासे, भद्रकाली र जलकन्या गाविसका गरी  ४५ जना महिलाहरुको सहभागीता रहेको थियो । सामुदायिक विकास कार्यक्रम सिन्धुलीले विगत दुई वर्षदेखी सिन्धुली जिल्लाका ५ ओटा गाविसमा कार्यक्रम संचालन गर्दै आईरहेको छ । तालीममा जानेका कुरालाई समुदायका अन्य व्यक्तिहरुलाई जानकारी गराउन सकियो भने तालीम उपलव्धीमुलक हुने साविकाका अध्यक्ष रामधन माझीले वताउनु भयो । मानव अधिकारको आधारभुत कुरा, महिलाको विशेष अधिकार, भुमीमाथी महिलाको अधिकार, शक्ति सम्वन्ध लगाएतका विषयवारे तालीममा  जानकारी गराईने प्रशिक्षक देवी वास्तोलाले जानकारी दिनुभयो  । तालीम आजबाट सम्मपन्न हुने आयोजकले जनाएको छ ।

सिन्धुलीको मोटरवाटो मर्मत सुधार कार्य सम्पन्न

मंसिर २१  सिन्धुलीको दुम्जा गाविसदेखि आँपघारी, सातदोवाटो, नेत्रकाली, चौकीडाँडा, आँपडाँडा, रामपुर हुँदै कपिलाकोट गाविसको मधुवनीसम्म जोड्ने मोटरवाटो मर्मत सुधार कार्य सम्पन्न भएको छ । स्थानियको ४ लाख ५० हजार ३ सय सत्तरी रुपँैया बरावरको जनश्रमदानमा उक्त मोटरवाटो मर्मत कार्य सम्पन्न भएको वाटो मर्मत सुधार समितिका अध्यक्ष वुद्धिमान स्याङ्तानले जानकारी दिनुभयो । आफ्नो गाउँ विकास गर्नका लागि सधँैभरी सरकारी तथा गैरसरकारी संघ सँस्थाको मात्रै मुख ताकेर वस्ने परिपाटिले गर्दा ग्रामिण क्षेत्रका सडकहरु निर्माण तथा मर्मत हुन नसकेको भन्दै स्थानियको पहलमा मोटरवाटो मर्मत गरिएको वताइएको छ । आगामि दिनमा उक्त मोटरवाटोलाई स्थायित्व दिनका लागि अन्य सरकारी निकायवाट पनि आर्थिक सहयोगको अपेक्षा गरिएको समितिका अध्यक्ष स्याङ्तानले वताउनुभयो ।

अब इमेलमा आउटलुकको मज्जा

माइक्रोसफ्टले इमेल सर्भिसको दुनियाामा एउटा नयाा लुक, केही उत्कृष्ट फिचर, भिन्नै नाम र पहिचानका साथ धमाकेदार पुनरागमन गरेको छ । माइक्रोसफ्टले आफ्नो पुरानो हटमेललाई नयाा नाम दिएको छ : आउटलुक । सन् २००४ मा गुगलले जिमेल सर्भिस शुरु गरेको थियो, जो छोटो समयमै हटमेल र याहुजस्ता ठूला प्रतिस्पर्धीलाई उछिन्दै निकै लोकप्रिय बनेको थियो । त्यसका बाबजुद पनि comscore.com का अनुसार हटमेलका ३ सय २४ मिलियन, याहुका २ सय ९० मिलियन र जिमेलका २ सय ७८ मिलियन युजर छन् । सबैभन्दा धेरै युजर भए तापनि ती सबै जिमेलतिरै आकर्षित भएका कारण जिमेललाई टक्कर दिनकै लागि पनि नयाा सर्भिस शुरु गरेको छ माइक्रोसफ्टले । प्रिभ्यू भर्जनमै रहेको आउटलुकमा @outlook.com मा एकाउन्ट बनाउनका लागि outlook.com मा साइन अप गर्न सकिन्छ । यसका अतिरिक्त हटमेल, लाइभ र एमएसएनको एकाउन्ट भएका युजरहरूले पनि यो नयाा सर्भिसमा अपग्रेड गर्न सक्छन् । पुराना युजरहरूले कहिलेसम्म @hotmail.com को एकाउन्ट युज गर्न पाउने हो, त्यसबारेमा माइक्रोसफ्टले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । माइक्रोसफ्टले अहिले आउटलुकमा थुप्रै फिचरहरू अपडेट गरेको छ ।

आज विश्व एड्स दिवस, पोखरामा राष्ट्रिय सम्मेलन ।।

मसिंर १६ आज विश्व एड्स दिवस “शुन्य पु¥याऔँ एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔँ” मनाइदैछ । नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइदैछ । सन १९८८ देखि हरेक बर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा अहिले ५१ हजार जनामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ । विश्वमा ३ करोड ४० लाख मानिसमा एचआईभी छ । यसमध्ये ३३ लाख वालवालिका छन । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले पोखरामा सम्मेलन गर्दैछ । चार दिनसम्म चल्ने सम्मेलनमा १ हजार भन्दा धेरैको सहभागिता रहने आयोजकको भनाई छ । सम्मेलनमा १ सय ५० अनुसन्धानका कार्यपत्र प्रस्तुत गरिनेछ । भारत, अमेरिका बंगालादेश लगायतका विशेषज्ञहरु पनि सम्मेलनमा सहभागी हुँदैछन । एचआईभी संक्रमितहरुको राष्ट्रिय महासंघले भने सम्मेलन बहिष्कार गर्ने जनाएको छ ।